१० साउन २०८३, आइतबार

तरलता व्यवस्थापन गर्न राष्ट्रबैङ्कद्वारा ४० अर्बको उपकरण जारी

असोज २१, २०८१
काठमाडौं
तरलता व्यवस्थापन गर्न राष्ट्रबैङ्कद्वारा ४० अर्बको उपकरण जारी

बैङ्क तथा वित्तीय संस्थाहरूसँग भएको अधिक तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्रबैङ्कले निक्षेप सङ्कलन उपकरण जारी गरेको छ । राष्ट्रबैङ्कले तरलता व्यवस्थापन गर्न सोमबार ४० अर्ब रुपैयाँको निक्षेप सङ्कलन उपकरण जारी गरेको हो । 

राष्ट्रबैङ्कले बैङ्कहरूमा थुप्रिएको अधिक तरलता व्यवस्थापन गर्न दुई दिनका लागि ४० अर्ब रुपैयाँ निक्षेप सङ्कलन गर्न लागेको हो । जसको बोलकबोल सोमबार नै ‘अनलाइन बिडिङ सिस्टम सफ्टवेयर’मार्फत हुनेछ । 

बैङ्क तथा वित्तीय संस्थाहरूले घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले निःशेष भाग जाने गरी सोमबार ३ बजेसम्म आवेदन दिन सक्नेछन् । 

उपकरणको ब्याजदर बोलकबोलमार्फत नै निर्धारण हुनेछ । सावाँ तथा ब्याज भुक्तानी असोज २३ गते हुने राष्ट्रबैङ्कले जनाएको छ । 

null

salt training

कमेन्ट गर्नुहोस्