२९ असार २०८३, सोमबार

३६ अंकले बढ्यो नेप्से, ७ अर्बको कारोबार

असोज २१, २०८१
काठमाडौं
३६ अंकले बढ्यो नेप्से, ७ अर्बको कारोबार

नेपाल स्टक एक्सचेन्ज(नेप्से) ३७ अङ्कले बढेको छ।

साताको दोस्रो कारोबारका दिन नेप्से परिसूचक ३७.१३ अङ्कले बढेर २६९०.७२ को विन्दुमा अडिएको छ ।

यस दिन बजारमा १ करोड ५८ लाख ४५ हजार ४४९ कित्ता शेयरको खरिदबिक्री हुँदा ७ अर्ब ९ करोड ५९ लाख ५३ हजार रुपैयाँको कारोबार भएको छ । 

अघिल्लो दिन आइतबार मात्रै परिसूचक ५६.०९ अङ्कले बढेर २६५३.५८ को विन्दुमा अडिएको थियो । यस दिन १ लाख ५० हजार ४६ हजार ७१० कित्ता शेयरको खरिदबिक्री हुँदा  ६ अर्ब १३ करोड ८२ लाख ६ हजार रुपैयाँको कारोबार भएको थियो । 

सोमबार परिसूचकसँगै कारोबार रकम पनि बढेको छ । 

आज इस्टर्न हाइड्रोपावर लिमिटेडको शेयर मूल्य सबैभन्दा बढी १० प्रतिशतले घटेको छ । यसका लगानीकर्ताहरू सर्वाधिक घाटामा रहेका छन् । 

त्यसै गरी उपसमूहतर्फ दुई समूहबाहेक ११ वटै समूह घटेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्