
एनएमबि बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ लाख रुपैयाँ सहयोग प्रदान गरेको छ ।
बैंकका उच्च पदाधिकारीहरूले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबार पुगी उक्त सहयोग रकमको चेक प्रधानमन्त्री केपी शर्मा ओलीलाई हस्तान्तरण गरेका हुन् ।
उक्त सहयोगले बाढी पहिरोबाट प्रभावित समुदायलाई राहत तथा पुनर्स्थापना गराउन र बिग्रिएका, भत्किएका संरचनाहरूको पुनर्निर्माण गर्न महत्त्वपूर्ण योगदान पुग्ने विश्वास बैंकले लिएको छ ।
सामाजिक उत्तरदायित्व र सामुदायिक कल्याणप्रति आफ्नो प्रतिबद्धताअनुरूप उक्त रकम प्रदान गरिएको बैंकले जनाएको छ ।
साथै, यस चुनौतीपूर्ण समयमा दैवी प्रकोपबाट प्रभावित नेपाली नागरिकहरूलाई चाहिने साथ र सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।
एनएमबि बैंकले हाल देशभर २०१ शाखा, १८७ एटीएम र ११ एक्स्टेन्सन काउन्टरमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।