०५ साउन २०८३, मंगलबार

कुमारी बैंकले ल्यायो दशैं दक्षिणा अफर​​

असोज २१, २०८१
काठमाडौं
कुमारी बैंकले ल्यायो दशैं दक्षिणा अफर​​

कुमारी बैंकले विजया दशमीको अवसरमा आफ्ना सेवाग्राहीहरूलाई शुभकामना स्वरूप दशैं दक्षिणा अफर ल्याएको छ । ​​​

घटस्थापनादेखि महानवमीसम्मको ९ दिनका लागि दशैं उत्सव क्याश ब्याक सञ्चालन गरिरहेको बैंकले विजया दशमीको दिनमा मोबाइल बैंकिङबाट रकम ट्रान्सफर गर्ने १ हजार सेवाग्राहीहरूलाई ट्रान्सफर गरिएको रकमको २५ प्रतिशत वा अधिकतम ५० रुपैयाँ दक्षिणा प्रदान गरिने जनाएको छ ।​ ​

त्यसैगरी एकादशीदेखि कोजाग्रत पूर्णिमासम्मको ४ दिन कुमारीका सेवाग्राहीहरूले डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङमार्फत बस्तु तथा सेवा खरिद बापतको रकम भुक्तान गर्दा प्रत्येक दिन ५० कार्ड प्रयोगकर्ता तथा ५० मोबाइल बैंकिङ्ग प्रयोगकर्ताले खरिद मूल्यको २५ प्रतिशत वा अधिकतम ५०१ रुपैयाँ बराबरको दशैं दक्षिणा प्राप्त गर्न सक्ने छन् ।

लाभान्वित सेवाग्राहीको संख्या बढाउन बिहान ८ बजेदेखि राति ११ः५९ बजेसम्ममा सबैभन्दा छिटो कारोबार गर्ने सेवाग्राहीहरूलाई नदोहोरिने गरी क्याश ब्याक उपलब्ध गराउने व्यवस्था समेत गरिएको बैंकले जनाएको छ ।​

विगत २३ वर्षदेखि निरन्तर बैंकिङ्ग सेवा दिँदै आएको कुमारी बैंकले अनवरतरूपमा वित्तीय साक्षरता प्रवर्द्धन गर्दै देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१९ एटीएम, ५० एक्स्टेन्सन काउन्टर तथा ५७ शाखारहित बैंकिङ्ग ईकाईमार्फत अत्याधुनिक तथा प्रभावकारी सेवा प्रदान गर्दै आइरहेको छ ।

आगामी दिनहरूमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरू गर्दै जाने प्रतिबद्धता बैंकको छ ।

salt training

कमेन्ट गर्नुहोस्