३१ जेठ २०८३, आइतबार

'एक्सन सीन' खिच्ने क्रममा घाइते भए इमरान हाशमी

असोज २२, २०८१
काठमाडौं
'एक्सन सीन' खिच्ने क्रममा घाइते भए इमरान हाशमी

बलिउड अभिनेता इमरान हाशमी शूटिङका क्रममा घाइते भएका छन् ।

हैदराबादमा एक फिल्मको एक्सन सीन खिच्ने क्रममा उनको गर्धनमा चोट लागेको हो । 

फिल्म Godachari- 2 को सेटमा इमरान स्टन्ट गरिरहेका थिए । त्यही क्रममा उनलाई चोट लागेको बताइएको छ ।

उनलाई तुरुन्तै डाक्टरकहाँ लगिएको र अवस्था सामान्य रहेको फिल्म निर्माण युनिटले जनाएको छ ।

इमरान हाशमीअन्तिमपटक 'शो टाइम सिजन- २' मा देखिएका थिए। 

यो वेबसिरिज यस वर्षको जुलाइमा डिज़्नी+ हटस्टारमा रिलिज भएको थियो ।

यस शोमा इमरान हाशमीका अलावा महिमा मकवाना, मौनी रोय, राजीव खंडेलवाल, श्रिया सरनजस्ता स्टारहरू पनि छन्।


 

salt training

कमेन्ट गर्नुहोस्