
रियाद – साउदी अरबले शनिवार रियाद किंग इन्टरनेशनल एयरपोर्ट नजिक एक ब्यालेस्टिक मिसाइल रोकेको छ । स्थानीय मिडियाका अनुसार उक्त मिसाइल यमनद्वारा प्रहार गरिएको थियो ।
साउदी अरबको न्यूज च्यानल अल–अखबारियाले सेनालाई उद्धृत गर्दै मिसाइल धेरै ठूलो नभएको बताएको छ । धेरै ठूलो मिसाइल नभएकाले मिसाइलबाट कुनै क्षति नभएको बताइएको छ । मिसाइल उत्तर–पूर्व क्षेत्रमा गिराइएको थियो । च्यानलका अनुसार मिसाइल छोटो आकारको थियो, त्यसैले कुनै नोक्सान भने भएन ।
यमनमा हूती विद्रोहीसँग सम्बन्धित एक च्यानलले यस मिसाइलको किंख खालिद इन्टरनेशनल एयरपोर्टमा खसाल्न खोजिएको बताएको छ । हूती विद्रोहीका एक प्रवक्ताले ८०० किलोमिटरको रेन्जमा २–एच मिसाइल फालिएको बताएका छन् ।