०२ साउन २०८३, शनिबार

सिटिजन लाइफका शाखा प्रमुखहरूलाई ‘सेल्स क्यापासिटी इन्ह्यान्समेन्ट ट्रेनिङ’ !

असोज २३, २०८१
काठमाडौं
सिटिजन लाइफका शाखा प्रमुखहरूलाई ‘सेल्स क्यापासिटी इन्ह्यान्समेन्ट ट्रेनिङ’ !

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीद्वारा आयोजित ‘सेल्स क्यापासिटी इन्ह्यान्समेन्ट ट्रेनिङ’कोे नवौं संस्करण सफलतापूर्वक सम्पन्न भएको छ । 

सीप र ज्ञानमूलक कार्यक्रम २०८१ साल भाद्र महिनामा ३ दिनसम्म काठमाडौंकोे बौद्धस्थित सिद्धार्थ बुटिक होटलमा सञ्चालन गरिएको थियो ।

उक्त कार्यक्रमको मुख्य उद्देश्य विभिन्न शाखा कार्यालयको बिक्री विकास र व्यवसाय सञ्चालनको सन्दर्भमा सीप अभिवृद्धि गर्नु थियो । 

यस क्षमता वृद्धि कार्यक्रम जोखिमांकन, दाबी, बीमालेख तथा बीमांकीय, ग्राहक सेवा, कानून तथा सम्पत्ति शुद्धीकरण, सूचना प्रविधि, ब्रान्डलगायत अन्य दैनिक व्यापार सञ्चालनका लागि महत्त्वपूर्ण विषयहरूको बारेमा मुख्यगरी नयाँ शाखा प्रमुखहरूलाई अवगत गराउनका लागि सञ्चालन गरिँदै आएको छ ।

उक्त कार्यक्रममा उपस्थित शाखा प्रमुखहरूलाई आवश्यक कक्षा र जानकारी प्रदान गर्न प्रधान कार्यालयबाट विभिन्न विभागका प्रतिनिधिहरूको उपस्थित रहेको थियो ।

कार्यक्रममा ३ दिनसम्म कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेलका साथै कम्पनीको व्यवस्थापन टीमले ३० जना शाखा प्रमुखलाई आफ्नो विशेषज्ञता प्रदान गरेका थिए ।

कम्पनीको सम्पूर्ण व्यवस्थापन टीमले अझै मेहनत र लगनका साथ काम गर्न उपस्थित सम्पूर्ण शाखा प्रमुखहरूलाई प्रेरित गरेको थियो ।

प्रचलित कानून, नीति नियम एवं नियमनकारी निकायबाट जारी निर्देशनहरूको परिपालन गर्दै र सञ्चालक समितिको मार्गदर्शन अनुरूप संस्थागत सुशासन कायम गर्दै निर्धारित व्यावसायिक लक्ष्य हासिल गर्न व्यवस्थापन कटिबद्ध रहेको र सोका लागि कम्पनीको सेवालाई थप गुणस्तरीय बनाउने प्रतिबद्धता व्यक्त गर्दै समग्रमा कार्यक्रम निकै उत्साहजनक र फलदायी रह्यो । 

कम्पनीको सम्पूर्ण व्यवस्थापन टीम, डिपार्टमेन्ट हेड, टीम हेडसहितको समुपस्थितिमा ३ दिने कार्यक्रम भव्यरूपमा सम्पन्न भयो ।       

       
 

salt training

कमेन्ट गर्नुहोस्