०९ साउन २०८३, शनिबार

गौशाला खालि गर्न बालेनले प्रहरी पठाएपछि मारवाडी सेवा समितिको विरोध

असोज २३, २०८१
काठमाडौं
गौशाला खालि गर्न बालेनले प्रहरी पठाएपछि मारवाडी सेवा समितिको विरोध

पशुपति क्षेत्रको गौशाला धर्मशाला खाली गराउन काठमाडौं महानगरपालिकाको टोली पुगेपछि मारवाडी सेवा समितिले विरोध प्रदर्शन गरेको छ ।

मुद्दाको अन्तिम किनारा नलागेसम्म न्यायिक अधिकार सुरक्षित गर्नुपर्ने, ८४ वर्षदेखि निरन्तर गौसेवा गरेको हुनाले सञ्चालन गर्न पाउनुपर्ने लगायतको माग राखी समिति विरोध प्रदर्शनमा उत्रिएको हो ।

काठमाडौं जिल्ला अदालतले गौशाला सञ्चालनसँग सम्बन्धित सम्झौता रद्द गर्ने फैसला गरेपछि काठमाडौं महानगरले अन्य निकायसँग सम्झौता गरेको हो । सोही सम्झौता बमोजिम महानगरको नगर प्रहरी टोली गौशाला खालि गराउन पुगेको हो ।

महानगरले बुधवार १० बजेसम्म गौशालाको धर्मशाला खालि गर्न मंगलबार नै माइकिङ गरेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्