११ साउन २०८३, सोमबार
राजनीतिमा नयाँ शैली

पार्टी प्रवेशका लागि स्वतन्त्र सांसदले गरे मतदातामाझ जनमत संकलनः रुख, सूर्यदेखि घण्टीसम्मका १२ विकल्प

असोज २३, २०८१
विराटनगर
पार्टी प्रवेशका लागि स्वतन्त्र सांसदले गरे मतदातामाझ जनमत संकलनः रुख, सूर्यदेखि घण्टीसम्मका १२ विकल्प

मोरङ क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा सदस्य योगेन्द्र मण्डलले राजनीतिक दलमा आवद्ध हुनका लागि जनतामाझ जनमत संकलन शुरू गरेका छन् । उनले आफू कुन पार्टीमा प्रवेश गर्ने भनेर १० वटा राजनीतिक दल र दुईवटा विकल्पसहित सर्वेक्षण गर्न थालेका हुन् । 

यसका लागि स्वतन्त्र सांसद मण्डल जनतामा गएका छन् । उनले जनमत लिनका लागि कागज नै तयार गरेका छन् । जसमा उनले नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), जनता समाजवादी पार्टी नेपाल, जनता समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी), जनमत पार्टी र नागरिक उन्मुक्त पार्टीको नाम राखेका छन् । साथै उनले ११ औँ र १२ औँ नम्बरमा नयाँ पार्टी र अन्यको विकल्प राखेका छन् । 

जनतामा गएर माथि उल्लेखित विकल्प देखाउँदै मण्डल प्रश्न गर्छन्, ‘उल्लेखित कुन पार्टीमार्फत तपाईँहरू, देश र जनताको चाहना पूरा हुन्छ ? १२ वटा विकल्पमध्ये जनताले कुनै एउटामा टिक लगाउनुपर्ने हुन्छ ।

null

यसरी आफूले राजनीतिक दलबारे आफ्नो क्षेत्रमा जनताको धारणा बुझिरहेको सांसद मण्डलले बताए । राजनीतिक भविष्य सुरक्षित पार्नका लागि आफ्ना क्षेत्रका मतदातासँग छलफल शुरू गरेको उनको भनाइ छ । 

‘म अहिले जनतासँग छलफल गरिरहेको छु, । स्वतन्त्र उम्मेदवार हुँदा मलाई जिताउन लागेका मेरा मतदाता र शुभचिन्तकहरूसँग एक–दुई पटक छलफल गरेको हुँ,’ उनले भने ।

विसं २०७९ को निर्वाचनमा मण्डल नेकपा (एमाले)बाट विद्रोह गरेर ‘चापाकल’ चुनाव चिन्ह लिइ चुनावका उठेका थिए । उनी स्वतन्त्र रुपमा जित्न सफल रहे । गत निर्वाचनमा उनले २१ हजार ८२० मत ल्याएका थिए भने उनका निकटम् प्रतिद्धन्द्धी माओवादी केन्द्रका शिवकुमार मण्डलले १७ हजार ४८६ मत पाएका थिए । सो ठाउँमा कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीको गठबन्धन हुँदा पनि स्वतन्त्र उम्मेदवार मण्डलले जितेका हुन् ।

null 

मोरङ–५ मा एमाले र जसपा नेपालले चुनावी समीकरण गरेका थिए । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवको घर पनि यही क्षेत्रमा पर्छ । यो क्षेत्रमा एमालेले जसपालाई सघाएको हो । जसपालाई सघाउने एमालेको निर्णयको विरोध गर्दै मण्डलले स्वतन्त्र उम्मेदवारी दिएका हुन् । जसपाका राजकुमार यादवले १७ हजार ३९० मत ल्याएका थिए । यस्तै राप्रपाले २ हजार ४७९ जनमतले २ हजार ३९५ मत पाएका थिए । 

यसैगरी समानुपातिकमा कांग्रेसले २४ हजार ६२९, जसपा नेपालले १२ हजार ७३१, एमालेले ९ हजार ४२८, माओवादी केन्द्रले ७ हजार २२३ र जनमत पार्टीले ३ हजार ६०४ मत ल्याएका थिए । यो क्षेत्रमा जसपा फुटको असर नदेखिएको विश्लेषणसहित मण्डलले छलफल गरिरहेको उनी निकट स्रोतले बताएको छ । 

यस्तै रास्वपाका नेताहरूसँग पनि उनले छलफल गरेको बुझिएको छ । सहकारी प्रकरण आउनुभन्दा अगाडि रास्वपाका तत्कालीन महामन्त्री मुकुल ढकालसहितको टोलीसँग उनले जीवन विकास समाजको कार्यालयमा दुई दिनसम्म छलफल गरेको स्रोतले बतायो । समाजका उनी संस्थापक अध्यक्ष पनि हुन् । हाल सो संस्थामा भने उनकी श्रीमती अध्यक्ष छिन् ।

सांसद मण्डलले हालसम्म दुई–चार सय जना मानिससँग छलफल गरिसकेको जानकारी दिए । जीवन विकास समाजमा धेरै महिला पनि जोडिएकाले उनीहरूसँग पनि छलफल गर्ने उनको भनाइ छ ।

null 

‘दुई–चार सय जति मान्छेसँग छलफल भएको छ,’ सांसद मण्डलले भने, ‘अहिले म सुझाव लिने काम गर्दैछु । अब अगुवा महिलाहरूसँग छलफल गरेर अगाडि बढ्छु ।’ आफूले पत्रकारहरूसँग पनि छलफल गरेको उनले बताए । 

नयाँ पार्टी खोल्ने सम्भावनालाई पनि खुला राखिएको मण्डलले बताएका छन् । अहिले भएका पार्टीहरूसँग कुरा नमिले नयाँ खोल्ने विकल्प रहेको उनको भनाइ छ । ‘कुनैमा नगएको अवस्थामा मसँग नयाँ दल खोल्ने विकल्प पनि छ । सबै विकल्प खुला गरेर शुभचिन्तकहरूसँग छलफल गरिएको हो,’ उनले भने । 

मण्डलले आफ्नो आगामी यात्राका सहज होस् भन्ने उद्देश्यले यस्तो सर्वेक्षण गरिएको बताए । यसले जनताको भावना पनि बुझ्न सजिलो भएको उनको भनाइ छ । ‘आफ्नो आगामी यात्राका सहज होस् भन्ने उद्देश्यले यस्तो सर्वेक्षण गरेको हुँ । यसले मतदाताको जनभावना बुझ्ने काम भएको छ,’ उनी भन्छन् । 

null

सबै सर्वेक्षण आइसकेपछि सार्वजनिक गरिने मण्डलको भनाइ छ । ‘पहिलो र दोस्रो चरणमा छलफल सकिएको छ । तोस्रो चरणमा अगुवा महिला र चौथो चरणमा शिक्षकहरूसँग छलफल गर्छु । आएका छलफलहरूलाई पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्छु,’ उनले भने  ।

जसपाले मन्त्री बनाउने आश्वासन दिँदासमेत आफू सो दलमा नगएको मण्डलको दाबी छ । यसर्थ आफू अहिले हतार गरेर कुनै दलमा प्रवेश गरिनहाल्ने, बरु सोचेर र जनताको अभिमत बुझेर निर्णय गर्ने उनको भनाइ छ । 

salt training

कमेन्ट गर्नुहोस्