०६ साउन २०८३, बुधबार

ग्लोबल आईएमई बैंकका ग्राहकलाई एजिलस डायग्नोष्टिकमा १५ प्रतिशत छुट

कात्तिक १, २०८१
काठमाडौं
ग्लोबल आईएमई बैंकका ग्राहकलाई एजिलस डायग्नोष्टिकमा १५ प्रतिशत छुट

ग्लोबल आईएमई बैंक लिमिटेडका ग्राहकहरूलाई एजिलस डायग्नोष्टिक नेपालमा उपलब्ध प्याथोलोजी टेस्ट शुल्कमा १५ प्रतिशत छुट प्रदान गर्ने समझदारी भएको छ ।

उक्त समझदारीमा ग्लोबल आईएमई बैंकका प्रमुख बजार व्यवस्थापक दिलीप पोखरेल र एजिलस डायग्नोष्टिक नेपाल प्रालिका फाइनान्स प्रमुख दीपक खड्काले हस्ताक्षर गरेका छन् ।

समझदारीअनुसार बैंकका ग्राहकहरूले एजिलस डायग्नोष्टिक नेपालमा उपलब्ध ल्याबसम्बन्धी सेवा बापतको भुक्तानीको लागि बैंकको डेबिट तथा क्रेडिट कार्ड र मोबाइल बैंकिङ्ग एप ग्लोबल स्मार्ट प्लस प्रयोग गर्दा १५ प्रतिशतसम्म छुट पाउनेछन् ।

आफ्ना ग्राहकको सुविधालाई मध्यनजर गरी बैंकले विभिन्न किसिमका समयसान्दर्भिक योजनाहरू ल्याएर ग्राहकहरूलाई लाभान्वित गर्दै आएको छ ।

ग्लोबल आईएमई बैंक युरो मनी अर्वाड फर एक्सलेन्स २०२४ अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैंकको रूपमा सम्मानित बैंक हो ।

साथै, ख्यातिप्राप्त विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरूबाट फरक-फरक विधामा समेत ग्लोबल आईएमई बैंक सम्मानित भएको छ ।

ग्लोबल आईएमई बैंक मुलुकका ७७ वटै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो ।

बैंकको ३५४ शाखा कार्यालय, ३८४ एटिएम, २५५ शाखा रहित बैंकिङ्ग सेवा, ६८ एक्स्टेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १ हजारभन्दा बढी सेवा केन्द्र रहेका छन ।

ग्लोबल आईएमई बैंक, सबैका लागि बैंकिङ्ग सेवा प्रदान गर्ने बैंक हो । जसले विभिन्न सेवा तथा सुविधासहितका योजनामार्फत आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्