![रविलाई अदालतमा उपस्थित गराउनुअघि बढाइयो पोखरामा सुरक्षाकर्मीको तैनाथी [तस्वीरहरू]](https://lktcdn2.prixacdn.net/media/pokhara_main_u9gYNLZT09.jpg)
सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई कास्की जिल्ला अदालतमा उपस्थित गराउनुअघि पोखरामा सुरक्षाकर्मीको तैनाथी बढाइएको छ ।

आइतवार बिहान जिल्ला प्रहरी कार्यालय कास्कीको कार्यालयदेखि अदालतसम्मका क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको हो ।

यसैबीच उनको दल रास्वपाले पनि आन्दोलन शुरू गरेको छ ।
रास्वपाका कार्यकर्ता र समर्थकहरू कालोपट्टी बाँधेर प्रदर्शन गरिरहेका छन् ।
पूर्वउपप्रधान एवं गृहमन्त्रीसमेत रहेका लामिछानेलाई शुक्रवार पक्राउ गरेर रातारात पोखरा ल्याइएको भए पनि भोलिपल्ट शनिवार परेको थियो । यसर्थ आइतवारमात्रै अदालत खुल्ने भएपछि उपस्थित गराउन लागिएको हो ।

उनलाई दिउँसो २ बजे अदालतमा उपस्थित गराइँदै छ ।
