१६ असार २०८३, मंगलबार

अब न्यायाधीश पनि नक्कली– ५ वर्षदेखि अदालत नै खडा गरेर अर्बौंका जग्गासम्बन्धी फैसला

कात्तिक १३, २०८१
काठमाडौं
अब न्यायाधीश पनि नक्कली– ५ वर्षदेखि अदालत नै खडा गरेर अर्बौंका जग्गासम्बन्धी फैसला

भारतमा एक व्यक्तिले न्यायाधीश बनी नक्कली अदालत नै खडा गरेको पाइएको छ ।

भारतीय मिडियाहरूका अनुसार ५ वर्षदेखि नक्कली अदालत चलाइरहेका व्यक्तिले आफैं न्यायाधीश बनेर अर्बौंको सम्पत्तिसम्बन्धी थुप्रै आदेश समेत गरेको खुलेको छ ।

आश्चर्यको कुरा त के भने सरकार र प्रशासनलाई ५ वर्षसम्म यसको जानकारी थिएन ।

वकिल पेशाका मोरिस स्यामुएल भारतको गुजरातस्थित अहमदावाद सिभिल कोर्टमा जग्गा विवादसँग सम्बन्धित पेन्डिङ मुद्दाका पीडितलाई आफ्नो सिकार बनाउँथे ।

मुद्दा जिताउने शर्तमा ठूलो शुल्क लिने गर्थे । आरोपी मुद्दा समाधानको ग्यारेन्टी दिने गर्थे । गान्धीनगरमा अदालतजस्तो बनाइएको आफ्नो कार्यालयमा पीडितलाई बोलाएर मनपर्ने फैसला सुनाउँथे ।

उनको अदालतमा कर्मचारी र वकिलहरूलाई असली अदालतजस्तै उभ्याइएको थियो, जसले गर्दा पीडितलाई शंका नै हुँदैनथ्यो।

salt training

कमेन्ट गर्नुहोस्