०७ साउन २०८३, बिहीबार

एनसेल फाउन्डेसनले गर्‍यो बाढी प्रभावित क्षेत्रमा शैक्षिक सामग्री र राहत वितरण

कात्तिक १३, २०८१
काठमाडौं
एनसेल फाउन्डेसनले गर्‍यो बाढी प्रभावित क्षेत्रमा शैक्षिक सामग्री र राहत वितरण

एनसेल फाउन्डेसनले हालैको बाढीबाट प्रभावित बागमती नदी र बल्खु क्षेत्र आसपासका बालबालिकालाई शैक्षिक सामग्री वितरण गरेको छ ।

विपद् प्रतिकार्य योजना अन्तर्गत, कर्मयोग फाउन्डेसनको सहकार्यमा एनसेलले बाढी प्रभावित ५०० बालबालिकालाई कापी, कलम लगायतका शैक्षिक सामग्री उपलब्ध गराएको हो । यस सहयोगले बाढीका कारण शैक्षिक सामग्री गुमाएका विद्यार्थीहरूलाई ठूलो राहत पुर्याएको छ ।

गत असोज ११ र १२ गतेको अविरल वर्षाका कारण बल्खु क्षेत्र लगायतका बस्तीहरू डुबानमा परेका थिए, जसले गर्दा यस क्षेत्रका विद्यार्थीहरूले आफ्ना शैक्षिक सामग्री गुमाएका थिए ।

एनसेलले यस संकटको समयमा बालबालिकालाई शिक्षामा निरन्तरता दिन आवश्यक सामग्रीको आपूर्ति गर्दै आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी (सीएसआर) योजना अन्तर्गत विपद् प्रतिकार्यलाई प्राथमिकता दिएको जनाएको छ ।

null

फाउन्डेसनले बाढी र पहिरो प्रभावित क्षेत्रका विभिन्न परिवारहरूलाई राहत सामग्री पनि वितरण गरेको छ ।

काभ्रेको रोशी गाउँपालिका वडा ७, ८, र ११ का २१५ परिवार, पनौती नगरपालिका वडा ७ र ८ का ७० परिवार, तथा सर्लाहीको चक्रघट्टा गाउँपालिका वडा ४ का ५० परिवारले राहत सहयोग पाएका छन् ।

यसअघि, ललितपुरको गोदावरी नगरपालिकाका वडा ४, ७, ८, १० र १३ का करिब २०० प्रभावित परिवारलाई पनि आवश्यक राहत सामग्री वितरण गरिएको थियो ।

एनसेल फाउन्डेसनले ५३० भन्दा बढी प्रभावित घरपरिवारलाई राहत सामग्री प्रदान गरिसकेको छ । राहत सामग्रीमा खाद्यान्न, हाईजिन किट र ब्ल्याङ्केटजस्ता सामान समावेश थिए ।

एनसेल फाउन्डेसनकी कर्पोरेट कम्यूनिकेसन्स एण्ड सीएसआर हेड, विशाखा लक्ष्मी खड्काले भनिन्, 'विगतमा पनि बाढी, पहिरो, भुईचालो, कोभिड जस्ता विपद्मा हाम्रो तर्फबाट यथासक्य सहयोग गर्दै आइरहेका छौं । यस्तो संकटको समयमा समुदायलाई साथ दिनु हाम्रो जिम्मेवारी हो र हामी यसमा प्रतिबद्ध छौं ।'

null

फाउन्डेसनले यस राहत कार्यमार्फत संकटको समयमा सहानुभूति र एकताको भावना पुनः पुष्टि गरेको छ ।

कर्मयोग फाउन्डेसनसँगको सहकार्यमा तथा एनसेलका कर्मचारी र भोलिन्टियर कर्प नेपालका स्वयंसेवकहरूको सहयोगमा राहत वितरण गरिएको थियो ।

एनसेलले स्वास्थ्य, शिक्षा, वातावरण, र विपद् प्रतिकार्यलगायतका क्षेत्रमा सामाजिक योगदान गर्दै आएको छ ।

कम्पनीले आफ्नो १९ औं वार्षिकोत्सवको अवसरमा एनसेल फाउन्डेसनको स्थापना घोषणा गर्दै देशभरि सामाजिक सेवामा रु २ अर्ब भन्दा बढी योगदान गर्दै १ करोड ३० लाखभन्दा बढीलाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा लाभ पुर्याइसकेको जानकारी दिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्