३२ असार २०८३, बिहीबार

बीवाईडीको लागत प्रभावी उत्पादनले अटोमोबाइल उद्योगलाई झट्का

कात्तिक २९, २०८१
काठमाडौं
बीवाईडीको लागत प्रभावी उत्पादनले अटोमोबाइल उद्योगलाई झट्का

चीनको प्रमुख अटोमोबाइल कम्पनी बीवाईडी, विद्युतीय सवारी साधन (ईभी) उत्पादनमा लोकप्रिय बन्दै गएको छ । विश्वभर नै कार बिक्रीमा सबैभन्दा तीव्र र लोकप्रिय ब्रान्ड बीवाईडीले सस्तो मूल्य र दक्षताले बजारमा नयाँ मापदण्ड सेट गरिरहेको छ ।​ ​

बीवाईडीको उत्पादन विधिले कम्पनीलाई विश्वभर बढ्दै गएको व्यापक मागले ईभी उद्योगको भविष्यलाई एक नयाँ दिशा दिइरहेको छ । यस्तै, बीवाईडीको लोकप्रियता बढ्नुमा विभिन्न पक्षहरू रहेका छन् । 

कम लागत र उच्च गुणस्तर

बीवाईडीले कारका ब्याट्री, मोटर र पावरट्रेनजस्ता प्रमुख पार्टहरू आफ्नै कारखानामा बनाउँदै आएको छ । यसले बाह्य आपूर्तिकर्तामा निर्भरता घटाएको छ । साथै लागत घटाउनमा ठूलो भूमिका खेलेको छ ।

यसले गर्दा बीवाईडी सस्तो मूल्यमा उच्च गुणस्तरका कारहरू बनाउन सफल भएको देखिन्छ । ​

null

अधिक मात्रामा उत्पादन​

बीवाईडीको उत्पादन नै ठूलो मात्रामा भएकोले कारको लागत पनि काम हुने गरेको कम्पनीको भनाइ छ । जब कम्पनीले एकै पटक धेरै सवारीहरू उत्पादन गर्छ, प्रत्येक सवारीको उत्पादन खर्च घट्दै जान्छ । यसका कारणले गर्दा पनि बीवाईडी सस्तो हुन गएको हो । कम्पनीका अनुसार सस्तो कच्चा पदार्थ र पार्टस्‌हरू आपूर्ति गर्दा पनि व्यापारिक सम्झौतामार्फत हुने हुँदा लागत कम पर्न गएको हो ।​

स्मार्ट डिजाइन

बीवाईडीले ‘८–इन–१ ई–एक्सल’ प्रणालीको विकास गरेको छ । यसले आठ प्रमुख पार्टस्‌हरू एउटै युनिटमा जोड्ने काम गर्दछ । जस्तै मोटर, इन्भर्टर, चार्जर र अन्य पर्दछन् । यस प्रणालीले उत्पादन प्रक्रिया सरल बनाउँछ र दक्षतामा पनि सुधार ल्याउने गर्दछ । यसले पनि उत्पादन लागत घटाउने र इलेक्ट्रिक कारको क्षमतामा पनि सुधार गर्दै लग्ने गरेको छ । 

कम पार्ट्स, बढी बचत

बीवाईडीले सरलीकृत डिजाइन अपनाएको छ । जसले कम र एकै मापदण्डको प्रयोग गर्छ । यसले उत्पादन प्रक्रिया छिटो र छरितो बनाउने गर्दछ । कम पार्टस्‌ले स्मार्ट एसेम्बली र कम श्रम खर्च गर्ने गर्दछ । यसले बीवाईडीलाई सस्तो मूल्यमा उत्कृष्ट गुणस्तरका कारहरू उत्पादन गर्न मद्दत पुगेको कम्पनीको भनाइ छ ।

यसका साथै कम्पनीलाई चीन सरकारले पनि सहयोग गर्दै आएको छ । कम्पनीको सफलतामा सरकारी समर्थन र अनुदानको महत्त्वपूर्ण हिस्सा रहेको छ ।  

null

सरकारले इलेक्ट्रिक कारहरूको उत्पादन र खरिद प्रोत्साहन गर्नका लागि ठूलो मात्रामा अनुदान र प्रोत्साहन योजनाहरू लागू गर्दै आएको छ । यसले उपभोक्तालाई सस्तो मूल्यमा ईभी खरिद गर्न प्रोत्साहित गरेको छ ।​

बीवाईडीको ठूलो उत्पादन र स्थानीय रोजगारी सिर्जना गरेको छ । स्थानीय अर्थतन्त्रमा पनि कम्पनीले ठूलो योगदान गरेको छ । यसका कारण चीन र अन्य स्थानहरूमा विकास र व्यापार अवसरहरू पनि बढेका छन् ।​

बीवाईडीले किफायती उत्पादन, नवप्रवर्तन र सरल उत्पादन प्रक्रियाहरू अपनाएर इलेक्ट्रिक सवारी साधन उद्योगमा क्रान्ति ल्याएको छ । विश्वभर ईभीको बजारलाई नयाँ दिशा पनि कम्पनीले दिएको छ साथै दिगो भविष्यमा योगदान पुर्‍याइरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्