![यू–१९ विश्वकपमा पुगेको टोली स्वदेश फर्कियो, विमानस्थलमा भव्य स्वागत [तस्वीरहरू]](https://lktcdn2.prixacdn.net/media/U-19_Cricket_Team_Welcome_TIA_6_tKsVh067jA.jpg)
१९ वर्षमुनिको विश्वकपमा छनोट भएको नेपाली महिला क्रिकेट टोली स्वदेश फर्किएको छ । विश्वकपमा पुगेको टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान)ले भव्य स्वागत गरेको छ ।
विश्वकप छनोटको अन्तिम तथा निर्णायक खेलमा बुधबार घरेलु टोली यूएईलाई ८ विकेटले हराउँदै महिला टोली पहिलो पटक विश्वकपमा स्थान बनाउन सफल भएको थियो ।
विश्वकपका साथै नेपाल यू–१९ एसिया कपका लागि पनि छनोट भएको छ । एसीसीको आयोजनामा आगामी डिसेम्बरमा हुने यू–१९ महिला एसिया कपका लागि पनि नेपाल छनोट भएको हो ।
यू–१९ एसिया कप क्रिकेटमा नेपालसँगै पाकिस्तान, भारत श्रीलंका, बङ्गलादेश र मलेसिया सहभागी हुनेछन् ।
हेर्नुहोस् थप तस्वीरहरू :




