१० साउन २०८३, आइतबार

घोराही सिमेन्टको 'ढलाई मिक्स पीपीसी सिमेन्ट' बजारमा

मंसिर २, २०८१
काठमाडौं
घोराही सिमेन्टको 'ढलाई मिक्स पीपीसी सिमेन्ट' बजारमा

नेपालको सिमेन्ट उत्पादन क्षेत्रमा अग्रणी संस्था घोराही सिमेन्ट इन्डस्ट्रीले 'ढलाई मिक्स पीपीसी सिमेन्ट' बजारमा ल्याएको छ ।

नेपाली बजारमा यस प्रकारको सिमेन्ट पहिलोपटक ल्याएको जनाउँदै कम्पनीले नेपाली निर्माण सामग्री उद्योगमा नवप्रवर्तनको ढोका खोल्ने विश्वास व्यक्त गरेको छ ।

गहिरो अध्ययन तथा अनुसन्धानका साथै उच्च प्रविधिबाट उत्पादन गरिएको सिमेन्ट, विशेषतः व्यक्तिगत घर निर्माणकर्तालाई लक्षित गरिएको छ ।

कम्पनीका अनुसार यस उत्पादनको प्रमुख विशेषता प्रारम्भिक मजबुती, उच्च टिकाउपन र छिटो सेट हुने रहेको छ । जसले घरका बिम, स्ल्याब, जग र पिल्लरको निर्माणलाई सुरक्षित, गुणस्तरीय र भरपर्दो बनाउनेछ ।

यस सिमेन्टले व्यक्तिगत घर निर्माणकर्तामा निर्माणमा उच्च गुणस्तरीय संरचनात्मक मजबुती र लगानीको अधिकतम प्रतिफल प्राप्त गर्ने विश्वास कम्पनीको छ ।

गुणस्तरमा सम्झौता गर्नुपर्ने आर्थिक बाध्यता र निर्माणसम्बन्धी जानकारीको कमीलाई दृष्टिगत गर्दै यो सिमेन्टलाई बजारमा ल्याइएको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

null

'ढलाइ मिक्स पीपीसी सिमेन्ट'मार्फत, घोराही सिमेन्ट इन्डस्ट्रीले व्यक्तिगत घर निर्माणकर्तालाई ओपीसी सिमेन्टको मजबुतीका साथ, मूल्यमा कम्तीमा १० प्रतिशत कम दरमा उपलब्ध गराउने भएको छ।

यो उत्पादन घोराही सिमेन्ट इन्डस्ट्रीको वितरण सञ्जालमा सहजै उपलब्ध हुनेछ, जसले ग्राहकलाई सहज पहुँच सुनिश्चित गर्दछ ।

ढलाइ मिक्स सिमेन्टको आगमनसँगै, घोराही सिमेन्ट इन्डस्ट्रीले नेपालको दिगो र नवप्रवर्तनशील निर्माण अभ्यासलाई अझ सशक्त समर्थन प्रदान गर्ने आफ्नो लक्ष्यलाई निरन्तरता दिएको छ ।

घोराही सिमेन्ट इन्डस्ट्रीले आफ्ना ग्राहक र राष्ट्रका लागि प्राविधिक तथा व्यावसायिक सेवामा उत्कृष्टता प्रदान गर्दै, निर्माण उद्योगमा उचित अभ्यासहरू स्थापना गर्नमा अनुसन्धान साझेदारको भूमिका निभाउने प्रतिबद्धता व्यक्त गर्दछ ।

घोराही सिमेन्ट उद्योग पश्चिम नेपालको दाङ जिल्लाको घोराहीमा एसियाको सबैभन्दा ठूलो उपत्यकाको बीचमा रहेको कम्पनीको स्थापना सन् २००९ मा भएको हो ।

घोराही सिमेन्ट उद्योगले सगरमाथा सिमेन्टको ओपिसी ५३ ग्रेड र ४३ ग्रेड, पीपीसी र सगरमाथा क्लिन्कर उत्पादन तथा विक्री वितरण गर्दै आएको छ ।

बलियो दूरदृष्टि र नेतृत्वका साथ कम्पनीले विगत डेढ दशकमा स्थानीय बजारमा आफ्नो बजार तीव्र रूपमा विस्तार गरेको छ र नेपाली निर्माण बजारमा आफूलाई प्रतिष्ठित कम्पनीको रूपमा स्थापित गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्