२७ जेठ २०८३, बुधबार

एमबीबीएसको पूर्ण छात्रवृत्तिमा एउटै सामुदायिक विद्यालयका १५ विद्यार्थीले निकाले नाम

मंसिर २, २०८१
बुटवल
एमबीबीएसको पूर्ण छात्रवृत्तिमा एउटै सामुदायिक विद्यालयका १५ विद्यार्थीले निकाले नाम

बुटवलका कालिका मानवज्ञान मावि बुटवलका ६४ जना विद्यार्थीले सरकारद्वारा सञ्चालित स्नातक तह अन्तर्गतका विभिन्न संकायमा पूर्ण छात्रवृत्तिमा नाम निकालेका छन् ।

जसमध्ये एमबीबीएसमा मात्रै १५ जना विद्यार्थीले पूर्ण छात्रवृत्तिमा नाम निकालेका छन् ।

विद्यालयका प्रधानाध्यापक दिनेश थापाले खुल्ला प्रतिर्स्पर्धामा एउटै विद्यालयमा पूर्ण छात्रवृत्तिमा एमबीबीएसतर्फ धेरै जनाले नाम निकाल्ने कालिका पहिलो स्कूल भएको दाबी गरे । यस्ता विभिन्न उपलब्धि हरेक वर्ष हासिल गर्दै आएको उनले बताए ।​​​​​

एमबीबीएस, बीडीएस, अप्टोमेट्री, बी फर्मा, एग्रिकल्चर, बीएससी नर्सिङ, बीएएमबी, बीएएलटी र इन्जिनियरिङको स्नातक तह अन्तर्गत पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल विद्यार्थीलाई सम्मान गरिएको विद्यालयका अध्यक्ष नित्यानन्द ज्ञवालीले जानकारी दिए ।

अध्यक्ष ज्ञवालीले कालिका हरेक हिसाबले देशकै अब्बल सामुदायिक रहेको बताउँदै यसलाई सधैं निरन्तरताको आवश्यक रहेको बताए ।

कालिकामा ८ हजार विद्यार्थी अध्ययनरत छन् ।

कालिकाले एसईई परीक्षामा चार जीपीए ल्याएर उत्तीर्ण भएका छन् ।

वडा नम्बर १० का वडा सदस्य यमुना काउचाले विद्यालयका गरेको हरेक सफलताको प्रचार–प्रचास आवश्यक रहेकोमा जोड दिइन् ।

salt training

कमेन्ट गर्नुहोस्