काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजहरुको थोक मूल्य निर्धारण गरेको छ ।
समितिले जनाएअनुसार गोलभेँडा ठुलो भारतीयको अधिकतम मूल्य प्रतिकिलो १००, गोलभेँडा सानो लोकलको ७०, गोलभेँडा सानो टनेलको १००, आलु रातोको ८० रुपैयाँ कायम छ ।
यसैगरी प्याज सुकेको भारतीयको ११५, काउली स्थानीयको १२०, भन्टा लाम्चोको ४०, अनारको ४८० रुपैयाँ कायम छ भने अंगुर कालोको ४००, नेपाली सुन्तलाको ११०, अम्बाको १८० रुपैयाँ मूल्य कायम भएको समितिले जनाएको छ ।
