०८ साउन २०८३, शुक्रबार

तीन डाक्टरले राजीनामा दिएपछि प्रादेशिक अस्पतालको सेवा प्रभावित

मंसिर ९, २०८१
महोत्तरी
तीन डाक्टरले राजीनामा दिएपछि प्रादेशिक अस्पतालको सेवा प्रभावित

चिकित्सक अभावमा महोत्तरीको जलेश्वरस्थित प्रादेशिक अस्पतालको सेवा प्रभावित भएको छ । तीन जना डाक्टरले सामूहिक राजीनामा दिएपछि सेवा प्रभावित भएको हो । 

तलब, भत्तालगायत सुविधा नपाएकाले आफूहरूले सामूहिक राजीनामा गरेको अर्थोपेडिक डा सरोज भगतले बताए। अस्पताल व्यवस्थापन समितिले ती विशेषज्ञ चिकित्सकलाई बेवास्ता गरेको स्थानीयको आरोप छ ।

उक्त अस्पतालमा दैनिक दुई सय बिरामी आउने गरेका छन् । विशेषज्ञ डाक्टर नहुँदा आफूहरू प्रभावित भएको जलेश्वर–२ का अनिलकुमार साहले बताए । 

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा प्रभातकुमार गामीले तीन जना डाक्टरको राजीनामापछि सेवा प्रभावित भएको स्वीकार गर्दै समस्या सामाधानतर्फ आफू लागेको जानकारी दिए ।

उनले अस्पताल व्यस्थापन समिति, मधेस सरकार र स्वास्थ्य मन्त्रालयसँग निरन्तर छलफल भइरहेको बताए । राजीनामा गरेका डाक्टरलाई हाललाई असारसम्मको तलबभत्ता लिएर काममा फर्कन तथा बाँकी रकम पनि यथाशक्य चाँडो व्यवस्था गर्न आफू प्रतिबद्ध रहेको गामीको भनाइ छ । 

salt training

कमेन्ट गर्नुहोस्