२३ असार २०८३, मंगलबार

गण्डकीमै पहिलोपटक एआई एक्सरे मशिन सञ्चालनमा

मंसिर ११, २०८१
बाग्लुङ
गण्डकीमै पहिलोपटक एआई एक्सरे मशिन सञ्चालनमा
फाइल फोटो

गण्डकी प्रदेश सरकारले (आर्टिफिसियल इन्टिलिजेन्स) एआई एक्सरे मशिन सञ्चालनमा ल्याएको छ ।

छाती रोगसम्बन्धी खोजपड्तालका लागि गण्डकी प्रदेशमा नै पहिलोपटक बागलुङको गलकोटबाट सेवा शुभारम्भ भएको हो ।

गलकोट नगरपालिका–११ रिघा स्वास्थ्य चौकीमा आयोजना गरिएको एक्सरेद्वारा छातीरोग खोजपड्ताल कार्यक्रममा गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले मशिनको शुभारम्भ गरेका हुन् ।

अत्याधुनिक प्रविधिसहितको मशिनको प्रयोगद्वारा छातीरोगको समयमा खोजी र उपचारका लागि प्रदेश सरकारले काम थालेको उनले बताए ।

क्षयरोग उपचार केन्द्र गण्डकी प्रदेश पोखराले रु एक करोड ७५ लाख खर्च गरी खरिद गरेको एआई एक्सरे मशिनले प्रदेशभरि खोजपड्ताल कार्यक्रम आयोजना गरेर छाती रोगको पहिचान गरिने मन्त्री पाठकले बताए । 

क्षयरोग लगायतका छातीसम्बन्धी रोगको समयमा उपचार नहुँदा नागरिकले ज्यान गुमाउनुपर्ने बाध्यता अन्त्यका लागि प्रविधि, जनशक्ति र उपचारमा प्रदेश सरकारले कार्यक्रम ल्याएको उनले बताए ।

salt training

कमेन्ट गर्नुहोस्