२० असार २०८३, शनिबार

ब्रिटिस कलेजको ‘करिअर फेस्ट’ मा १७ सय भन्दा धेरै विद्यार्थी सहभागी

मंसिर १३, २०८१
काठमाडौं
ब्रिटिस कलेजको ‘करिअर फेस्ट’ मा १७ सय भन्दा धेरै विद्यार्थी सहभागी

ब्रिटिस एजुकेशन ग्रुप अन्तर्गतको द ब्रिटिस कलेजमा ‘टीबीसी करिअर फेस्ट–२०२४’ सम्पन्न भएको छ । सोमबार र मंगलबार थापाथलीस्थित कलेज परिसरमा ‘ग्रोथ सेलर्स’सँगको सहकार्यमा करिअर फेस्ट गरिएको हो । 

कलेजका विद्यार्थीहरू मात्रै नभई स्थानीय प्रतिभाहरूलाई अवसर प्रदान गर्ने उद्देश्यले आयोजना भएको कार्यक्रममा ७५ भन्दा बढी प्रतिष्ठित राष्ट्रिय तथा बहुराष्ट्रिय कम्पनीहरूको सहभागिता रहेको थियो । 

सहभागी कम्पनीहरूले १ हजार ७०० भन्दा बढी विद्यार्थीसँग ‘जब इन्टरभ्यू’ लिए । उनीहरूमध्ये १ हजार १४० जना विद्यार्थी विभिन्न ७४ वटा कलेजका विद्यार्थी थिए ।

कार्यक्रमको औपचारिक शुरूआत ब्रिटिस कलेजका म्यानेजिङ डाइरेक्टर महेन्द्र राज कँडेलले स्वागत मन्तव्य राख्दै गरेका थिए । त्यसपछि प्रतिष्ठित कम्पनीका प्रतिनिधिहरूले सहभागीहरूलाई विभिन्न सेसनमार्फत व्यावहारिक जानकारी समेत प्रदान गरे ।

यसैक्रममा एसियन पेन्ट्स नेपालका हेड अफ ह्युमन रिसोर्स श्याम कृष्णनले प्रविधिले रोजगारको क्षेत्रमा पारेको प्रभावबारे आफ्ना धारणा राखे । आईएमई ग्रुपका निर्देशक निशान ढकालले भने करिअर निर्माणको लागि व्यावहारिक सुझाव प्रदान गरे । 

null

कार्यक्रमको दोस्रो दिन प्लान इन्टरनेशनल नेपालका एचआर म्यानेजर प्रशंसा सुवेदीले ‘रोजगारीको पहुँच विस्तार र अवसरलाई नेपालमा कसरी प्रवर्द्धन गर्ने’ शीर्षकमा आफ्ना धारणा राखिन् । सुवेदीले रोजगारीको क्षेत्रमा रहेका समस्या उजागर गर्दै समाधानका उपाय समेत प्रस्तुत गरिन् । 

‘नेपालमा भविष्यको रोजगारः र एआईले रोजगारी ट्रेण्डलाई कसरी पुनःआकार दिँदैछ’ भन्ने विषयको प्यानल छलफलमा ग्लोबल आईएमई बैंकका उपकार्यकारी निर्देशक सुमन पोखरेल, क्लाउड फ्याक्ट्रीका कन्ट्री म्यानेजर प्रशान्त पोखरेल र लोटस होल्डिङ्सका प्रमुख कार्यकारी अधिकृत अजीत शाह सहभागी भए । 

ब्रिटिस कलेजका डेपुटी प्रिन्सिपल डा.प्याट्रिक म्याक्रुडेनले प्रविधिको सदुपयोग गरेर नेपालमा नै अवसर सिर्जना गर्नुपर्ने कुरामा जोड दिए । एआईले मानिसको काम नखोसेको बरु एआईको प्रयोगबाट उत्पादन क्षमता बढाउन सकिने उनको भनाइ छ । 

‘टीबीसी करिअर फेस्ट– २०२४’ नेपालका उत्कृष्ट प्रतिभाहरू देशमै राख्ने र उनीहरूलाई देशभित्रै वृद्धि र विकासको अवसर प्रदान गर्ने मञ्च भएको उनको भनाछ छ । प्यानल डिस्कसनको सञ्चालन भने ग्रोथ सेलर्सकी सीओओ रचिका करण्जितले गरेकी थिइन् । 

null

सहभागी रोजगारदाताहरूले ब्रिटिस कलेजको करिअर फेस्टको गुणस्तर र यसले विस्तार गरेको पहुँचको  प्रशंसा गरे । नेपालमा रिक्रुटमेन्टको नयाँ मापदण्ड स्थापित गर्न कलेजको भूमिका अहम् रहेको सहभागी कम्पनीहरूको प्रतिक्रिया छ । 

त्यस्तै, अवसरको खोजीमा रहेकाहरूले पनि सकारात्मक प्रतिक्रिया दिँदै आफूहरूको सम्भावनालाई सही आकार दिन फेस्ट फलदायी भएको बताए । 

‘टीबीसी करिअर फेस्ट– २०२४’ स्थानीय अवसरहरूको प्रवर्द्धन, रोजगारी बजारका चुनौतीहरूको समाधान र आगामी पुस्ताका प्रोफेशनलहरूलाई प्रेरित गर्न महत्त्वपूर्ण कदमका रूपमा खडा भएको कलेजको विश्वास छ । 

salt training

कमेन्ट गर्नुहोस्