२९ असार २०८३, सोमबार

जनकपुर बोल्ट्स र नेपाल सेरामिक इण्डस्ट्रीबीच डेकोर पार्टनरसिप सम्झौता

मंसिर १५, २०८१
काठमाडौं
जनकपुर बोल्ट्स र नेपाल सेरामिक इण्डस्ट्रीबीच डेकोर पार्टनरसिप सम्झौता

नेपाल प्रिमियर लिग (एनपीएल) खेल्ने टिम जनकपुर बोल्ट्सले नेपाल सेरामिक इण्डस्ट्रीसँग डेकोर पार्टनरमा सम्झौता गरेको छ ।

नेपाली क्रिकेटको सबैभन्दा ठूलो प्रतियोगिता एनपीएल शनिबारबाट शुरू भएको छ । यसै क्रममा नेपोभिट टाईल्सले जनकपुर बोल्ट्ससँग डेकोर पार्टनरमा सम्झौता गरेको हो ।

जनकपुर बोल्ट्सका निर्देशक अमित श्रेष्ठ र नेपोभिट टाईल्सका अध्यक्ष शम्भुनाथ झाले सम्झौतापत्र आदान-प्रदान गरेका हुन् ।

समारोहमा विशिष्ट अतिथिको रूपमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद मनीष झाले क्यानको आयोजनामा हुने एनपीएल क्रिकेट प्रतियोगिता भव्यताको साथ सफल होस् भन्ने शुभकामना व्यक्त गरे ।

नेपाल सेरामिक इण्डस्ट्रीले विगत ३ वर्षदेखि गुणस्तर र लोकप्रिय नेपोभिट टाईल्स उत्पादन गर्दै आएको छ ।

null

कमेन्ट गर्नुहोस्