०५ साउन २०८३, मंगलबार

स्वास्थ्य मन्त्रालयमा गुनासो सुनुवाइ एकाइ गठन

मंसिर २०, २०८१
काठमाडौं
स्वास्थ्य मन्त्रालयमा गुनासो सुनुवाइ एकाइ गठन

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डा अनुप बास्तोलाको संयोजकत्वमा गुनासो सुनुवाइ एकाइ गठन गरेको छ । 

एकाइमा संयोजक बास्तोलासहित सूचना प्रविधि निर्देशक रमेशराज सुवेदी, शाखा अधिकृत गौरीप्रसाद आचार्य र सूचना अधिकारी रविकान्त मिश्र सदस्यको रूपमा रहेका छन् ।    

स्वास्थ्य मन्त्रालय र मातहत निकायहरूको काममा सेवाग्राही तथा सरोकारवालाको गुनासो सुनुवाइ गर्न, सुझावहरूको कार्यान्वयन र जिज्ञासाको सम्बोधन गर्न उक्त एकाइ गठन गरिएको मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले जानकारी दिए । 

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले यही मंसिर १६ गते गुनासो सुन्ने एकाइ गठन गर्ने निर्णय गरेका थिए । एकाइले सेवाग्राहीबाट प्राप्त गुनासो संकलन गर्ने, गुनासो सम्बोधनका लागि सम्बन्धित महाशाखामा तुरुन्त पेस गर्ने जनाइएको छ ।     

salt training

कमेन्ट गर्नुहोस्