काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि तोकेको कृषि उपजहरूको मूल्यअनुसार गोलभेँडा ठुलो भारतीयको अधिकतम मूल्य प्रतिकिलो १००, गोलभेँडा सानो लोकलको ८० र गोलभेँडा सानो टनेलको १२० रुपैयाँ कायम भएको छ ।
यसैगरी रातो बन्दाको १००, अदुवाको १३०, आलु रातोको ७४, प्याज सुकेको भारतीयको ९८, रातो मुलाको ४०, लौकाको ७०, तितो करेलाको १२०, टाटे सिमीको १२०, अनारको ४०० रुपैयाँ रहेको छ ।
