३१ असार २०८३, बुधबार
सिलवालविरुद्ध विशेष पुग्यो अख्तियार

बीमा प्राधिकरणका अध्यक्ष सिलवालविरुद्ध आरोपपत्र दायर

मंसिर २४, २०८१
काठमाडौं
बीमा प्राधिकरणका अध्यक्ष सिलवालविरुद्ध आरोपपत्र दायर

नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालविरुद्ध भ्रष्ट्राचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । 

सिलवालले नपाएको ओहदा पाएँ भन्ने एवं झुट्टा विवरण दिई भ्रष्टाचार गरेको भन्दै मुद्दा दायर भएको हो । उनीविरुद्ध ३६ लाख ६२ हजार १५४ रूपैयाँ बिगो कायम गर्दै विशेष अदालतमा मुद्दा दायर भएको हो ।

सिलवालले नागरिकतामा पटक-पटक जन्म मिति संशोधन गरी नागरिकता तथा राहदानीमा केरमेट र जालझेल गरेको, नेपाल बीमा प्राधिकरणको अध्यक्षको हैसियतमा ६५ वर्षको उमेरको हदबाट अनिवार्य अवकाश हुनु पर्नेमा २०८०  साउन १६ गतेबाट ६६औं वर्षमा प्रवेश गर्दासमेत पदमा बहाल नै रही ९  महिना देखि राष्ट्रसेवक पदको दुरुपयोग गरी लाभ, सुविधा र अधिकारको प्रयोग गरिरहेको अभियोगपत्रमा उल्लेख छ । 

सिलवालको जिल्ला प्रशासन कार्यालय, पर्साबाट जारी मिति २०३२ फागुन २४ गतेको नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गर्दा उमेर १६ वर्ष उल्लेख भएको पाइएपनि  जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नेपाली नागरिकताको प्रतिलिपि प्राप्त गर्दा २०६६ वैशाख १७ गते जारी नागरिकतामा जन्म मिति २०१६ कात्ति २२ उल्लेख भएको पाइएको छ ।

त्रिभुवन विश्वविद्यालयबाट जारी डिप्लोमा तहको ट्रान्सक्रिप्टमा जन्म मिति २०१५ साउन १५ उल्लेख भएको, स्वयंले भरेको नोकरी तथा वैयक्तिक विवरण (सिटरोल)मा समेत ट्रान्सक्रिप्टको नै जन्म मिति २०१५ साउन १५ उल्लेख गरी विवरण भरी निजामती सेवामा मिति २०४३ साउन ०१ गते शाखा अधिकृत पदमा नियुक्ति लिएको पाइएको छ ।

सोही जन्म मितिको आधारमा निजामती किताबखानाबाट निवृत्तिभरण अधिकार पत्र प्राप्त गरी, २०७३ साउन १५ गते अनिवार्य अवकाश प्राप्त गरेको देखिएको अभियोगपत्रमा उल्लेख छ ।

सिलवालले २०१५ साउन १५ लाई नै जन्म मिति कायम स्वीकार गरे/गराएको, निजामती सेवामा नै बहाल रहेको अवस्थामा उनले कूटनीतिक राहदानी, विशेष राहदानी प्राप्त गर्न स्वयंले भरेको पासपोर्ट आवेदन फारममा आफ्नो उमेरको झुट्टा विवरण दिई जन्म मिति २०१८ कात्तिक २४ गते कायम गरेको देखिएको अभियोगपत्रमा उल्लेख छ ।

सिलवालले आफ्नो वास्तविक जन्ममिति भन्दा करिब ३ वर्ष उमेर घटाएर उक्त राष्ट्रसेवकको हैसियतले प्राप्त हुने कूटनीतिक राहदानी र विशेष राहदानी प्राप्त गर्न झुट्टा विवरण पेश गरी, प्राप्त गरी गराई राष्ट्रसेवकको रूपमा उक्त राहदानी प्रयोग प्रचलनमा ल्याई लाभ, सुविधा प्राप्त गरेको अख्तियारको अभियोगपत्रमा उल्लेख छ ।

null

null

salt training

कमेन्ट गर्नुहोस्