३० जेठ २०८३, शनिबार

राजस्थानमा अंगदानको क्षेत्रमा रचियो इतिहास, आखिर भएको के हो?

मंसिर ३०, २०८१
काठमाडौं
राजस्थानमा अंगदानको क्षेत्रमा रचियो इतिहास, आखिर भएको के हो?

भारतको राजस्थानमा अंगदानको क्षेत्रमा नयाँ इतिहास रचिएको छ । जब एउटा ब्रेनडेड युवाको अंगलाई हेलिकप्टरमार्फत प्रत्यारोपण केन्द्रसम्म पुर्‍याइयो, यो घटना ती बिरामीहरूका लागि जीवनदायी बनेको छ ।  जो वर्षौंदेखि अंग प्रत्यारोपणको प्रतीक्षामा थिए।

झालावाड जिल्लाको पीपाजी निवासी विष्णु नाम गरेका एक ३३ वर्षीय युवालाई डिसेम्बर १० मा झगडापछि गम्भीर चोट लाग्यो  । घटनापछि उनलाई चितित्सकहरूले ब्रेनडेड घोषणा गरे । विष्णुको परिवारले डिसेम्बर १३ मा साहसिक निर्णय लिँदै अंगदान गर्न सहमति जनाए । त्यसपछि जयपुर र जोधपुरका बिरामीहरूका लागि विष्णुको अंग विशेष हेलिकप्टरमार्फत पठाइयो ।

आइतबार बिहान करिब ११:३० बजे झालावाडबाट हेलिकप्टरले अंग लिएर उडान भरेको थियो र केही समयपछि जयपुरको एसएमएस मेडिकल कलेजमा अवतरण गर्‍यो । अंगहरू दुई विशेष बक्सहरूमा राखिएका थिए, जसमध्ये एउटा जयपुरका लागि र अर्को जोधपुरका लागि पठाइयो ।

जयपुरमा मुटु र फोक्सो तुरुन्तै एसएमएस अस्पतालमा पुर्‍याइयो, जहाँ बिरामीहरूको शल्यक्रियाको तयारी गरिसकिएको थियो । हेलिकप्टरको इन्धन भरेपछि, दोस्रो बक्स लिएर हेलिकप्टर जोधपुर एम्सका लागि उडान भरेको थियो र केहीबेरपछि त्यहाँ पुग्यो ।

जयपुरमा दुई बिरामीलाई जीवनदान
जयपुरको एसएमएस अस्पतालमा एक बिरामीको मुटु र फोक्सो प्रत्यारोपण गरिनेछ। यो अपरेशन करिब १२ घण्टा चल्नेछ । जसमा प्रत्यारोपण टोली, एनेस्थेसिया विज्ञ, नर्सिङ स्टाफ र प्रत्यारोपण समन्वयकसहित २५ सदस्यीय टोली सहभागी हुनेछ।

जयपुरको एसएसबी सुपर स्पेसलिस्ट भवनमा अर्को बिरामीलाई मिर्गौला प्रत्यारोपण गरिनेछ।

जोधपुरमा दुई अंगको प्रत्यारोपण
जोधपुर एम्समा एक बिरामीलाई कलेजो र अर्को बिरामीलाई मिर्गौला प्रत्यारोपण गरिनेछ । शल्यक्रियाको तयारी पहिले नै गरिसकिएको छ । यो अपरेशनमा पनि करिब १२ घण्टा समय लाग्ने चिकित्सकहरूले बताएका छन् । 

विष्णुको परिवारको यो निर्णय चार जना बिरामीहरूका लागि जीवनदान सावित भएको छ। यो घटना मेडिकल क्षेत्रमा माइलस्टोन मात्र नभएर समाजलाई अंगदानप्रति सचेत बनाउने प्रेरणादायक उदाहरण पनि हो।

एसएमएस मेडिकल कलेजका चिकित्सकहरूका अनुसार अंगलाई सुरक्षित तरिकाले समयमा प्रत्यारोपण केन्द्रसम्म पुर्‍याउन हेलिकप्टरको प्रयोग एक क्रान्तिकारी कदम हो । यसले प्रत्यारोपणको सफलता दर र बिरामीहरूको निको हुने सम्भावना उच्च बनाउँछ।

झालावाडदेखि जयपुर र जोधपुरसम्म जीवनको यो उडानले देखाइदिएको छ कि सही समयमा सही निर्णयले असम्भवलाई सम्भव बनाउन सकिन्छ । विष्णुको परिवारको यो महान कदमले आगामी दिनमा अन्य परिवारहरूलाई पनि अंगदानका लागि प्रेरित गर्नेछ ।

salt training

कमेन्ट गर्नुहोस्