
चलचित्र ‘होस्टेल ३’ को प्रमुख छायांकन ४९ दिनमा सकिएको छ । तर, केही कलाकारहरूको ‘बडी ट्रान्सफर्मेसन’ (शारीरिक परिवर्तन) आवश्यक पर्ने भएकाले अझै एक हप्ताको फुटकर छायांकन बाँकी रहेको निर्देशक सशान कँडेलले जानकारी दिए ।
हाल चलचित्र पोस्ट-प्रोडक्सनको चरणमा रहेको छ । यसअघि फागुन १६ गते रिलिज हुने भनिएता पनि सो मितिमा रिलिज नहुने भएको छ । चलचित्रको नयाँ रिलिज मिति चाँडै घोषणा गरिने निर्माण पक्षले जानकारी दिएको छ ।
‘होस्टेल ३’ चलचित्र ‘होस्टेल’ शृङ्खलाको एक प्रतीक्षित चलचित्र हो । चलचित्रमा पारस बम, रिहान गिरी, आशिष घिमिरे, पदम तामाङ, सिम्रन पन्त, हेना नगरकोटी, उमर खान, समा पराजुली, सन्तोष बानियाँ, रोहन श्रेष्ठ, आशिष पुरुषलगायतका कलाकारहरूको अभिनय रहेको छ ।
चलचित्रको स्क्रिप्ट माधव शर्माले लेखेका हुने भने कथा निर्देशक कँडेलकै हो ।