
युनिलिभर नेपालको लोकप्रिय ब्रान्ड क्लोजअपले भ्वाइस अफ नेपाल सिजन-६ को प्रायोजन गर्ने भएको छ ।
आत्मविश्वास र ताजापनको प्रतीक मानिने क्लोजअपले नेपाली संगीत क्षेत्रको एउटा ठूलो मञ्च भ्वाइस अफ नेपालसँग सहकार्य गर्दै नयाँ प्रतिभाहरूलाई अवसर र प्रेरणा प्रदान गर्न लागेको हो ।
भ्वाइस अफ नेपालले नयाँ गायक–गायिकाहरूको प्रतिभा उजागर गर्दै उनीहरूलाई नेपाली संगीत क्षेत्रमा स्थापित गराउने उद्देश्यले अग्रसर हुँदै आएको छ । यसको लोकप्रियता दिनप्रतिदिन बढ्दै गइरहेको छ ।
क्लोजअप र भ्वाइस अफ नेपालको यो सहकार्यले प्रतियोगिहरूमा समेत थप आत्मविश्वास, ऊर्जा र ताजापन भर्ने विश्वास गरिएको छ ।
यसै समारोहका बीच युनिलिभर नेपालका मार्केटिङ हेड सौरभ कारञ्जीत भने, 'क्लोजअप सधैं आफ्ना उपभोक्तालाई आत्मविश्वास र ताजापनको महसुस गराउन समर्पित छ । भ्वाइस अफ नेपालसँगको सहकार्यले यस सन्देशलाई अझ व्यापक बनाउँदै नेपाली संगीतप्रेमीहरूको मन मुटुमा स्थान बनाउने हाम्रो प्रयास हो ।'
भ्वाइस अफ नेपालको आयोजक टोलीले पनि क्लोजअपसँगको सहकार्यप्रति खुशी व्यक्त गर्दै भनेको छ, 'यो साझेदारीले आयोजक र प्रतियोगी दुवैलाई थप प्रेरणा र हौसला प्रदान गर्नेछ ।'
यो साझेदारीले नयाँ पुस्ताको प्रतिभा निखार्ने र संगीत क्षेत्रलाई थप ऊर्जाशील बनाउने मार्गहरू उजागर गर्ने कम्पनीको विश्वास छ ।
यसैगरी क्लोजअपले यस अगाडि पनि आत्मविश्वास बढाउने खालका थुप्रै कार्यक्रममा आफ्नो सशक्त उपस्थिति राख्दै आएको छ ।