
आइतबार पक्राउ परेका अभियन्ता निकोलस भुसाल रिहा भएका छन् । कास्की जिल्ला अदालतले म्याद थप नगरेपछि उनी सोमबार रिहा भएका हुन् ।
कास्की प्रहरीले उनलाई म्याद थपका लागि सोमबार अदालतमा उपस्थित गराएपनि न्यायाधीश नवराज दाहालको इजलासले म्याद थप नदिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
रास्वपाका सभापति रवि लामिछाने कास्की प्रहरीको हिरासतमा सुतिरहेको फोटो सार्वजनिक गरेको आरोपमा उनलाई आइतबार काठमाडौँबाट पक्राउ गरेर पोखरा लगिएको थियो ।