१६ असार २०८३, मंगलबार

४ सन्तानसहित भारत छिरेकी पाकिस्तानी महिला पुनः गर्भवती भएपछि पूर्वपति आक्रोशित

पुस ९, २०८१
काठमाडौं
४ सन्तानसहित भारत छिरेकी पाकिस्तानी महिला पुनः गर्भवती भएपछि पूर्वपति आक्रोशित

पाकिस्तानबाट अवैध रूपमा भारत छिरेकी सीमा हैदरले आफू गर्भवती भएको खुलासा गरेकी छन् ।

सीमा हैदरको बयानपछि अब उनका पूर्वपति तथा पाकिस्तानी नागरिक गुलाम हैदरले एक नयाँ भिडियो सार्वजनिक गरेका छन् ।

हैदरले लामो समयपछि आफ्नो युट्युब च्यानलमा एउटा भिडियो सेयर गरेका छन् । जसमा उनले सीमा र उनकी भारतीय प्रेमी सचिनमाथि आक्रोश पोखेका छन् ।

भिडियोमा गुलाम हैदरले भनेका छन्, ‘सीमासँग लाज छैन । उनले जे गरिरहेकी छन्, कुनै लाज नभएको महिलाले पनि गर्न सक्दैन ।'

गुलाम हैदरको यो भिडियो सीमाले आफ्नो गर्भावस्था र सचिनको बच्चाको आमा बन्ने कुराको खुलासा गरेपछि आएको हो । सीमा हैदर अहिले सात महिनाको गर्भवती छिन् र उनी आफ्नो प्रेमी सचिन मीणाको बच्चाकी आमा बन्न लागेकी छिन् ।

सीमाले गर्भवती किटको भिडियो पनि सामाजिक सञ्जालमा शेयर गरेकी छिन् । त्यसपछि उनका पाकिस्तानी पति गुलाम हैदर रिसाएका हुन् । युट्युबमा भिडियो शेयर गर्दै गुलामले भने, 'सीमालाई बुबाको श्राप लाग्नेछ ।' भिडियोमा उनले सीमा र सचिन दुवैलाई धेरै गाली पनि गरेका छन् ।

उनले आफ्नो सरोकार सीमासँग नरहेको बताएका छन् । ‘मैले सीमालाई बारम्बार भनेको छु कि मेरो उनीसँग कुनै सरोकार छैन । उनले जे गरिरहेकी छन् त्यसको नतिजा एक दिन उनलाई थाहा हुनेछ । उनले मेरा चार साना छोराछोरीलाई मबाट टाढा लगिन् ।'

हैदरले कुनै न कुनै दिन सीमा र सचिन जेल जाने र आफ्ना छोराछोरी पाकिस्तान आउने बताए । 'सीमा मेरी श्रीमती हुन् र उनी अर्कैको सन्तानकी आमा बन्न लागेकी छिन्, त्यसैले योभन्दा बढी के भनौँ ।'

पाकिस्तानको कराँची निवासी सीमा हैदर गत वर्ष आफ्ना चार सन्तानसहित नेपाल हुँदै रूपमा भारत प्रवेश गरेकी थिइन् ।

सीमाले नोएडामा बस्ने सचिन मीणासँग आफ्नो प्रेम सम्बन्धको रहेको बताएकी थिइन् । उनी अवैध रुपमा भारत प्रवेश गरेको आरोपमा पनि पक्राउ परेकी पनि थिइन् । हाल उनी सचिनसँग नोएडामा बस्छिन् ।

salt training

कमेन्ट गर्नुहोस्