
१७ औं वाणिज्य बैंकको रूपमा २०५९ साल पुस ९ गते स्थापित सिद्धार्थ बैंकले २२ वर्ष पूरा गरेको छ ।
बैंक सञ्चालनको २२ वर्ष पूरा भएको अवसरमा बैंकले नक्सालस्थित प्रधान कार्यालयमा प्रमुख कार्यकारी अधिकृत, नायब प्रमुख कार्यकारी अधिकृत, सहायक प्रमुख कार्यकारी अधिकृत र बैंकमा कार्यरत कर्मचारीहरूको उपस्थितिमा एक कार्यक्रम गरी बैंकको वार्षिकोत्सव सम्पन्न गरेको छ ।
यसैगरी बैंकले आफ्नो वार्षिकोत्सवलाई भव्य र सभ्य बनाउने उद्देश्यले विभिन्न कार्यक्रमहरूको आयोजना गरेको छ ।
यस अवसरमा, फुटसल प्रतियोगिता, टेबल टेनिस, देशका विभिन्न स्थानहरूमा रक्तदान कार्यक्रमका साथसाथै बैंकमा कार्यरत रही १५ वर्ष पूरा गरेका कर्मचारीहरूको योगदानलाई कदर गर्दै उनीहरूलाई अभिनन्दन गरेको छ ।
डिजिटल बैंकिङलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ ग्राहक महानुभावहरूलाई लक्षित गर्दै 'सिद्धार्थ बैंक २२ औं वार्षिकोत्सव अफर' ल्याएको छ ।
यही अवसरमा बैंकले काठमाडौं र धनगढीमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।
उक्त रक्तदान कार्यक्रममा बैंकका कर्मचारीहरूका साथसाथै, ग्राहक महानुभावहरू एवं स्थानीयवासीहरू गरी १०२ जना रक्तदाताहरूको सहभागिता रहेको थियो ।
यस्तै, देशका अन्य प्रदेशहरूमा पनि रक्तदान कार्यक्रम गर्ने योजना रहेको बैंकले जनाएको छ ।