२१ असार २०८३, आइतबार

फ्रेन्चाइज ‘जावेद हबीब सैलुन’ काठमाडौंमा

पुस १३, २०८१
काठमाडौं
फ्रेन्चाइज ‘जावेद हबीब सैलुन’ काठमाडौंमा

भारतको अग्रणी सूचीमा रहेको ‘जावेद हबीब सैलुन’ नेपालमा पनि शुरू भएको छ ।

काठमाडौंको ठमेलमा ‘बारबेर’ जावेद हबीबले शुक्रबार फ्रेन्चाइज सैलुन ‘जावेद हबीब: हियर एन्ड ब्यूटी’ उद्‌घाटन गरेका हुन् ।​

उद्‌घाटन गर्दै उनले सैलुनको दुनियाँमा नयाँ-नयाँ विद्यार्थी उत्पादन गर्ने र तिनको सीप विकासमा टेवा पुर्‍याउने उद्देश्य लिइएको बताए । 

‘सैलुन नेपालमा नभएका होइनन्। तर हामीले दिने सुविधा केही फरक छन्। गुणस्तरीय सेवा दिनुका साथै सेवाग्राहीलाई खुसी पनि पार्नेछौं,’ उनले भने ।

पहिलोपटक नेपाल पुगेका जावेदले यहाँको खाना र काठमाडौंको बसाइबारे खुलेर प्रशंसा गरे।

‘नेपाली माझ जावेद हबीब सैलुन खोल्न पाउनु मेरो सौभाग्य हो। नेपालीले साह्रै आत्मीयता देखाउनु भएको छ। यस खुसीलाई बिर्सिने छैन,’ उनले भने, ‘हामी स्वतन्त्र र टिकाउ व्यावसायीक अवसर सिर्जना गर्छौं।'

नेपालका लागि सोनाम लामा सञ्चालक रहेकी छन् । उनले शैलुन करिब १ करोड ५० लाख रुपैयाँ खर्चमा निर्माण गरिएको बताइन्।

सैलुनमा ‘हेयर कट’, ‘ब्यूटी’, ‘ग्लोबर कलर’, ‘हाइलाइट’, ‘नङ पोलिस’, ‘फेसियल’, ‘डिजाइनिङ’ जस्ता सेवा प्रदान गर्ने छ ।​​​​

भारतमा ‘वेलनेस’ फैलाउने प्रमुखमा पर्ने जावेद हबीब सैलुनका भारतमा मात्रै एक हजारभन्दा बढी शाखा सञ्चालनमा छन् ।

salt training

कमेन्ट गर्नुहोस्