२७ जेठ २०८३, बुधबार
धुलो र कोलाहलले बिथोलिएको विद्यालय

दशकदेखि टहरोमा विद्यालय, धुलोले दैनिक बिरामी पर्छन् विद्यार्थी

पुस २२, २०८१
सुर्खेत
दशकदेखि टहरोमा विद्यालय, धुलोले दैनिक बिरामी पर्छन् विद्यार्थी

पश्चिम सुर्खेतको बराहतालमा रहेको एउटा विद्यालय १० वर्षदेखि जस्ताको टहरोमा सञ्चालन भैरहेको छ । बराहताल गाउँपालिका–२  गिरीघाटमा रहेको राष्ट्रिय प्राथमिक विद्यालय दश वर्षदेखि टहरोमा सञ्चालन भैरहेको हो ।

विद्यालय भने विसं २०४५ सालमा स्थापना भएको हो । तर, २०७१ सालमा भेरी नदीमा आएको बाढीले विस्थापित भएका धनौलीपुर सिस्नेरीका नागरिक गिरीघाटमा बसाई सरेसँगै विद्यालय पनि सारिएको थियो । बाढीले सिस्नेरीका ११० घर परिवार विस्थापित भएका थिए । हाल गिरीघाटमा भने ९० घरधुरी मात्रै बसिरहेका छन् । 

बारम्बार सम्बन्धित निकायमा अनुरोध गर्दा पनि विद्यालयको अवस्था सुधार्न कसैले चासो नदिएको विद्यालय व्यवस्थापन समिति सदस्य लिला सारू मगरले बताइन् । ‘यहाँ कसैले पनि विद्यालयको अवस्था सुधार गर्नतिर ध्यान दिएका छैनन् । बारम्बार सरोकारवाला निकायसँग अनुरोध गरें तर, लागेन,’ उनी भन्छिन्, ‘विद्यालयको अवस्था अत्यन्तै गम्भीर छ । धुलोले गर्दा विद्यार्थीलाई पढ्न समस्या छ । बिरामी परिरहन्छन् । सडकमा गाडी गुड्छन्, गाडीको आवाजले विद्यार्थीले राम्ररी पढ्न पाउँदैनन् । सरकारले राम्रो ठाउँमा विद्यालय सारिदिए हुन्थ्यो ।’

सडकमा गुड्ने सवारी साधनका कारण पढाइ लेखाइ गर्नै समस्या हुने गरेको  विद्यालयकी शिक्षक देवी ओलीले बताइन् । उनका अनुसार विद्यालयमा ६२ जना विद्यार्थी अध्ययन गरिरहेका छन् । 

null

‘धेरैले विद्यालय कुखुरा पाल्ने खोरजस्तै छ भन्छन् । धुलो र सडकको कोलाहलले पनि धेरै समस्या गरेको छ । गर्मीयाममा विद्यार्थीलाई भित्र राख्यो अत्याधिक गर्मी हुन्छ । चिसो दिनमा भित्र घामै आउँदैन, बाहिर राख्यो सडकमा हुँइकिने सवारी साधनको आवाज र धुलोले पढाउनै सकिँदैन,’ उनले भनिन्, ‘सडकमा सवारी साधन हेरेर पढाउनुपर्छ ।’

विद्यालयमा दुई स्थायी दरबन्दी छन भने एक जना बालविकास सहजकर्ता र एक कार्यालय सहयोगी छन् । विद्यालयको भवन नहुँदा समस्या भैरहेको प्रधानाध्यापक तारा पोखरेलले बताइन् । भवन नहुँदा दिवा खाजासमेत बजारबाट ल्याएर खुवाउनु परेको उनको भनाइ छ । ‘विद्यालयको भवन छैन । भवन नै नभएपछि कार्यालय व्यवस्थित हुने कुरै भएन । टहरोमा दुई पटक त चोरी भैसक्यो,’ उनले भनिन्, ‘स्थानीय सरकारले कम्तीमा एक पक्की भवन बनाइदिएको भए हुन्थ्यो ।’ 

null

बराहताल गाउँपालिकाका अध्यक्ष भीमबहादुर भण्डारीले चालु आर्थिक वर्षका लागि बाढीपीडितको पुर्नबासका लागि एक करोड रकम विनियोजन गरिएको बताए । विद्यालय भवन बनाउन पनि बजेट व्यवस्था गर्ने उनले बताए । बाढीले विस्थापित भएकाहरू पुरानै स्थानमा जान चाहँदैनन् । यही बसाल्न हामी सक्दैनौं । वनले बसोबासका लागि अनुमति दिएको छैन,’ उनले भने, ‘ठाउँ खाली गर्न सूचना जारी पनि गर्‍यौं तर, उनीहरू छोड्न मान्दैनन् । अब आगामी गाउँसभाबाट निर्णय गरेर विद्यालयका लागि भवन बनाउँछौं ।’

null

salt training

कमेन्ट गर्नुहोस्