०६ साउन २०८३, बुधबार

नेप्सेमा झण्डै ५० अंकको वृद्धि, कारोबार पनि ६ अर्बभन्दा माथि

पुस २२, २०८१
काठमाडौं
नेप्सेमा झण्डै ५० अंकको वृद्धि, कारोबार पनि ६ अर्बभन्दा माथि

तीन दिनदेखि झिनो अंकले बढिरहेको शेयर बजार परिसूचक नेप्से सोमबार दोहोरो अंकले बढेको छ ।

४९ दशमलव १२ अंकले बढेर नेप्से २६४० दशमलव ६८ बिन्दुमा पुगेको हो ।

सोमबार हाइड्रोपावर र इन्भेस्टमेन्ट सेक्टरमा ३ प्रतिशतभन्दा माथिको वृद्धि देखिएको छ ।

लाइफ इन्स्योरेन्स, होटल र डेभलपमेन्ट बैंकले पनि वृद्धिमा २ प्रतिशतभन्दा माथिको योगदान गरेका छन् ।

सोमबार कारोबार भएका सबै सेक्टरमा वृद्धि देखिएको छ ।

आत्मनिर्भर लघुवित्तको शेयर मूल्य १० प्रतिशतले बढ्दा उपकार र सामुदायिक लघुवित्तको शेयरमा भने १० प्रतिशतकै गिरावट आएको छ । 

सोमबारको वृद्धिलाई कारोबार रकमले पनि साथ दिएको देखिन्छ । 

अघिल्ला दिनहरूमा ५ अर्बभन्दा तल रहेको कारोबार रकम सोमबार ६ अर्ब ३० करोड नाघेको छ ।

salt training

कमेन्ट गर्नुहोस्