१९ असार २०८३, शुक्रबार

टाटा म्याजिक बीएससिक्स इटहरीमा लन्च

पुस २३, २०८१
काठमाडौं
टाटा म्याजिक बीएससिक्स इटहरीमा लन्च

नेपालका लागि टाटा मोटर्सको एक मात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रालिले इटहरी शाखाबाट टाटा म्याजिक BS6 सार्वजनिक गरेको छ।

शहरी र विद्यालय यातायातलाई आधुनिक, किफायती र वातावरणमैत्री बनाउने उद्देश्यले लन्च गरिएको यो गाडीले यस क्षेत्रका यातायात व्यवसायीहरूको आवश्यकता पूरा गर्न महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ।​

सिप्रदीका पूर्वीय क्षेत्रीय प्रबन्धक सुवासकुमार दासको अध्यक्षतामा भएको कार्यक्रममा कोशी विक्रम यातायात प्रालिका अध्यक्ष सञ्जय सिंह र इटहरी यातायात प्रालिका अध्यक्ष महेश घिमिरे प्रमुख अतिथिको रूपमा उपस्थित थिए ।​

null

सिप्रदी प्रालि का प्यासेन्जर भेहिकल्स प्रोडक्ट म्यानेजर इन्द्रमणि पोख्रेलले कार्यक्रममा बोल्दै भने, 'टाटा म्याजिक BS6 ले शहरी यातायातलाई मात्र नभई, यस क्षेत्रका व्यावसायिक गतिविधिलाई पनि आधुनिक र प्रभावकारी बनाउनेछ । यसको उच्च माइलेज, कम मर्मत खर्च, र यात्राको सुविधासहितको संरचनाले व्यावसायिक क्षेत्रमा नयाँ मानक स्थापित गर्नेछ। यसले यातायात व्यवसायीहरूलाई आर्थिक रूपमा सबल बनाउनुका साथै यात्रुहरूको अनुभवलाई नयाँ उचाइमा पुर्‍याउनेछ।'

टाटा म्याजिक BS6 गाडीमा आधुनिक BS6 प्रविधि, ३० एचपी पावर, र उच्च माइलेजसहितका सुविधाहरू छन् । यसको आरामदायी इन्टेरियर, कम मर्मत खर्च र अत्याधुनिक प्रविधिका कारण यसलाई शहरी र विद्यालय यातायातका लागि उत्कृष्ट विकल्पका रूपमा लिइएको छ।​​​

सिप्रदी ट्रेडिङ प्रालिले सदैव ग्राहकहरूको आवश्यकताअनुसार सवारी साधन उपलब्ध गराउँदै आएको छ।

यस लन्चसँगै, कम्पनीले पूर्वीय नेपालका व्यवसायीहरूको शहरी यातायातका क्षेत्रमा टाटा म्याजिक BS6 मार्फत थप उचाइ हासिल गर्ने अपेक्षा गरेको छ।

null

salt training

कमेन्ट गर्नुहोस्