२९ असार २०८३, सोमबार

सडक सुरक्षामा केएनपी नेरोलेकको योगदान​

पुस २३, २०८१
काठमाडौं
सडक सुरक्षामा केएनपी नेरोलेकको योगदान​

केएनपी नेरोलेक पेन्ट्सले काठमाडौंको फर्पिङमा रहेको ट्राफिक प्रभागलाई सडक सुरक्षाका लागि चाहिने आवश्यक सामग्री प्रदान गरेको छ ।​

नेरोलेकले 'नो हर्न प्लीज', 'नो स्टपिङ', 'स्पीड लिमिट' र 'नो पार्किङ'जस्ता महत्त्वपूर्ण सडक साइनबोर्डहरू प्रदान गरेको हो ।

जसले सडक सुरक्षाबारेमा जनचेतना फैलाउन मद्दत पुर्‍याउने कम्पनीको विश्वास छ ।

कम्पनीका अनुसार यी साइनबोर्डहरूले ट्राफिक उल्लंघनका घटनाहरू घटाउनका साथै पैदलयात्री र चालकहरूको सुरक्षामा महत्त्वपूर्ण भूमिका खेल्ने छ ।

जापानको सर्वोत्कृष्ट पेन्ट कम्पनी केएनपी नेरोलेकले समाजको भलाइमा योगदान पुर्‍याउन नयाँ लक्ष्य राखेको छ। ​​

केएनपी नेरोलेकले संसारको सर्वोत्कृष्ट, पर्यावरणमैत्री पेन्टहरूको साथसाथै नवप्रवर्तनशील उत्पादनहरू प्रदान गरी नेपालको पेन्ट उद्योगलाई सुधार गर्दै स्वास्थ्य र दिगोपनको समर्थन गरिरहेको छ।

यस ब्राण्डको गुणस्तर र पर्यावरणमैत्री पेन्टहरूको कारण नेपालमा एक विश्वासिलो नाम बनेको छ । ​​

केएनपी गुणस्तरमा मात्र नभई सामाजिक जिम्मेवारी र सामुदायिक सेवामा पनि प्रतिबद्ध रहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्