१२ साउन २०८३, मंगलबार

लक्ष्मी सन्‌राइज बैंकको चुक्ता पुँजी २४ अर्ब ३४ करोड पुग्यो

पुस २४, २०८१
काठमाडौं
लक्ष्मी सन्‌राइज बैंकको चुक्ता पुँजी २४ अर्ब ३४ करोड पुग्यो

लक्ष्मी सन्‌राइज बैंक लिमिटेडको २४ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

साधारणसभाले बैंकको चुक्ता पुँजीको ५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ । पारित बोनस शेयरसँगै बैंकको चुक्ता पुँजी रु २४ अर्ब ३४ करोड पुगेको छ । 

साधारणसभाले आर्थिक वर्ष २०८०/८१ का लागि सञ्चालक समितिको प्रतिवेदन तथा सोही आर्थिक वर्षको बैंकको वित्तीय विवरण उपर छलफल गरी स्वीकृत गरेको छ ।

साथै आर्थिक वर्ष २०८१/८२ का लागि लेखा परीक्षकको नियुक्ति समेत गरेको छ । 

आव २०८०/८१ मा रु ३३३ अर्ब निक्षेप र रु २५८ अर्ब कर्जा पुर्‍याएको यस बैंकको वासलातको आकार रु ३९५ अर्ब रहेको छ ।

सो आव मा बैंकले २ अर्ब ९२ करोड रुपैंया खुद मुनाफा आर्जन गर्न सफल भएको छ ।

salt training

कमेन्ट गर्नुहोस्