
एनएमबि बैंकले २९औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । बैंकका सञ्चालक समितिका अध्यक्ष, सञ्चालक र शेयरधनीको उपस्थितिमा बिहीबार त्रिभुवन आर्मी अफिसर्स क्लब, टुँडिखेलमा साधारण सभा सम्पन्न भएको हो।
एनएमबि बैंकको सञ्चालक समितिका अध्यक्ष मनोज कुमार गोयलको सभापतित्वमा साधारण सभा सम्पन्न भएको हो । सो साधारण सभामा बैंकका शेयरधनीहरूले आ–आफ्नो विचार व्यक्त गरेका थिए ।
बैंकको २०८१ असारसम्ममा खुद नाफा २ अर्ब २४ करोड, निक्षेप २२७.१० अर्ब र कर्जा २०४.६१ अर्ब रहेको छ ।
बैंकले हाल देशभरी २०१ शखा, १८७ एटीएम र ११ एक्सटेन्सन काउन्टरमार्फत बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।