०८ साउन २०८३, शुक्रबार
सहकारी ठगी प्रकरण

रविबारे अदालतले भन्यो– खातामा रकम आएको देखियो, दोषी हैनन् भन्ने मनासिव आधार पाइएन

पुस २५, २०८१
पाेखरा
रविबारे अदालतले भन्यो– खातामा रकम आएको देखियो, दोषी हैनन् भन्ने मनासिव आधार पाइएन

सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग ६५ लाख धरौटी माग्ने क्रममा अदालतले उनी संलग्न भएर गरिएका कारोबारलाई मुख्य आधार मानेको छ ।

न्यायाधीश नितिज राईको इजलासले बिहीबार 'रवि कसूरदार होइनन् भन्न सकिने आधार नदेखिएको' ठहर गर्दै ६५ लाख धरौटी मागेको हो ।

अदालतको संक्षिप्त आदेशको निष्कर्षमा २ वटा बुँदालाई धरौटी माग्नुको मुख्य आधार मानिएको छ :

 – सहकारीको रकम निज प्रतिवादीको खातामा आउने र त्यहाँबाट अन्यत्र जाने कार्य भएको ।
– अन्य प्रतिवादीसँगको अन्तरसम्बन्ध तथा बैंक खाताको ट्रान्जेक्सनको आधारमा प्राप्त प्रमाणबाट निज प्रतिवादी अहिले नै कसूरदार रहेनछन् भन्न सकिने मनासिव आधार नदेखिएको ।

रविको संलग्नता देखिने अन्य आधारहरूलाई पनि थुनछेक आदेशमा उल्लेख गरिएको छ ।

– निज प्रतिवादीको एकल हस्ताक्षरबाट गोर्खा मिडियाको ८१४ वटा चेकको कारोबार भएको देखिएको ।

– निज प्रतिवादी गोर्खा मिडिया कम्पनीको आधिकारिक व्यक्ति हुनुभन्दा अघि र सो कम्पनीबाट अलग भएपश्चात पनि केही चेकहरूमा हस्ताक्षर गरेको देखिएको ।

– प्रबन्ध निर्देशकजस्तो जिम्मेवार पदमा रही चेकमा हस्ताक्षर गर्ने हैसियत समेत राखेको व्यक्ति रहेको देखिएको ।

– सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको नाममा सञ्चालनमा रहेको साबिक मेगा बैंकको खाता नं ०१२०००१००१५१३२ मा भएको कारोबार विवरणअनुसार सन् २०२१-०१-१८ मा चेक नं २०२४८९५३१७ बाट गितेन्द्रबाबु राईको Standard Chartered Bank खाता नं. १८२९०३१७२०१ मा रू.२,००,००,०००।- (दुई करोड) जम्मा भएकोमा सोही रकममध्ये सन् २०२१-०१-२१ मा चेक नं. ००११९२८१६८ बाट रवि लामिछानेको नाममा रहेको ग्लोबल आईएमईको खाता नं. ३०-७०१०००५९-१३ मा रु.७५,००,०००।- (पचहत्तर लाख) को चेकमार्फत जम्मा भई प्रतिवादी रवि लामिछानेले उक्त रकम गोर्खा मिडिया नेटवर्क प्रा.लि.को नाममा सञ्चालनमा रहेको ग्लोबल आईएमई बैंकको खाता नं. ००४०१०१००००५७७ मा सन् २०२१-०१- २२ जम्मा गरेको देखिएको ।

हेर्नुहोस्, थुनछेक आदेशको रविबारेको खण्ड :

null

null

salt training

कमेन्ट गर्नुहोस्