०९ साउन २०८३, शनिबार

टाटा ‘न्यु ह्वील्स, न्यु डिल्स’को हरेक बुकिङमा आकर्षक उपहार

पुस २५, २०८१
काठमाडौं
टाटा ‘न्यु ह्वील्स, न्यु डिल्स’को हरेक बुकिङमा आकर्षक उपहार

नयाँ वर्ष सन् २०२५ को अवसरमा नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक, सिप्रदी ट्रेडिङ यही पुस २६ देखि २८ गते सम्म ‘न्यु ह्वील्स, न्यु डिल्स’ कार्यक्रम आयोजना गर्दैछ । 

यस अवधिमा टाटाको नेपालमा अत्याधिक रुचाइएको टियागो इभी र पन्च इभीको हरेक बुकिङमा आकर्षक डिल्सका साथै आकर्षक उपहार प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । 

यो एक्सचेन्ज क्याम्पमा जुनसुकै ब्राण्डका पुराना गाडीहरूसँग आकर्षक डिल्समा टियागो इभी र पन्च इभी साट्न सकिने छ । आकर्षक एक्सचेन्ज बोनसको साथै उक्त कार्यक्रममा गाडी खरिद गर्ने ग्राहकहरूले सिप्रदीको चार्जिङ नेटवर्कमा लाइफ टाइम निःशुल्क चार्जिङ, निःशुल्क इम्बोस्ड नम्बर प्लेट, एक वर्षको सवारी कर, एक्सेसरिज र हरेक बुकिङमा आकर्षक उपहार प्राप्त गर्न सक्नेछन् ।

‘न्यु ह्वील्स, न्यु डिल्स’ टाटा मोटर्सको देशभर रहेका शोरुमहरुमा आयोजना हुन लागेको छ ।  सो अवसरमा ग्राहकले टाटा मोटर्सको नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादन अवलोकन तथा टेष्ट ड्राइभ गर्न सक्नेछन् । साथै, नयाँ गाडी खरिद गरेर भरपुर फाइदा उठाउन समेत कम्पनीले अनुरोध गरेको छ ।
null

salt training

कमेन्ट गर्नुहोस्