
एमएडब्ल्यू वृद्धि मोटर्स प्रालिद्वारा आयातित डोङफेङ नामीले नेपालमा आफ्नो अत्याधुनिक शोरुम सञ्चालनमा ल्याएको छ ।
शुक्रबार काठमाडौंको नागपोखरीमा डोङफेङ मोटर्सका कन्ट्री म्यानेजर फान झियुआन, एमएडब्ल्यू वृद्धि समूहका अध्यक्ष विष्णुकुमार अग्रवाल, एमएडब्ल्यू वृद्धिका एमडी विवेक सिकरिया र एमएडब्ल्यू वृद्धि मोटर्सका बिजनेस हेड प्रसन्न पन्तले शोरूमको शुभारम्भ गरेका हुन् ।
यसका साथै नामीले आजै सीमित समयका अफरहरूसहित मेगा टेस्ट ड्राइभ क्याम्प पनि शुरू गरेको छ ।
अगस्ट, २०२४ मा वाइल्ड रिपर्ज, सविन राई र फारोको प्रस्तुति तथा 'फेसन शो'सहितको सफल शुरूआत पछि नामीले नेपालमा छोटो समयमै लोकप्रियता हासिल गरेको छ । यो नौलो लन्च इभेन्टले उल्लेखनीय चर्चा पाएको थियो र यसले नामीको बलियो बजार प्रवेशको लागि मार्ग प्रशस्त गरेको थियो।

शुरूआतको एक महिना भित्रै नामीले ३५० भन्दा बढी ग्राहकहरू प्राप्त गरिसकेको छ ।
नयाँ शोरुमको उद्घाटन आफ्ना सवारी साधन बुक गरिसकेका ग्राहकहरूसँग उत्सव मनाउने उत्तम अवसर पनि बनेको छ ।
'नेपालमा हाम्रो अत्याधुनिक शोरुम खोल्न पाउँदा हामी रोमाञ्चित छौं,' एमएडब्ल्यू वृद्धिका अध्यक्ष विष्णुकुमार अग्रवालले भने, 'यसले हाम्रो बढ्दो ग्राहक आधारलाई उत्कृष्ट सेवा दिन सघाउँछ भन्नेमा हामी विश्वस्त छौं।'
मेगा टेस्ट ड्राइभ क्याम्प
नक्सालको नागपोखरीमा रहेको नयाँ शोरुममा जनवरी ११ देखि १६ सम्म आयोजना हुने गरी मेगा टेस्ट ड्राइभ क्याम्पको घोषणा गरिएको छ।
यो क्याम्पले सम्भावित ग्राहकहरूलाई नामीको प्रत्यक्ष अनुभव लिने अवसर प्रदान गर्नेछ। ग्राहकहरूले 'नाउ अर नेभर' मेगा अफरहरूबाट फाइदा लिन सक्छन् जसमा ७ किलोवाटको वाल चार्जर र आकर्षक नगद छुट समावेश छ।

यसबाहेक, ग्राहकहरूले गाडीको टेस्ट ड्राइभ गर्दा रोमाञ्चक गिफ्ट ह्याम्पर र बुकिङ गर्दा नगरकोटको होटल कन्ट्री भिल्लामा नि:शुल्क नाइट स्टे गर्न पाउनेछन्। ग्राहकहरूले आफ्नो पुरानो गाडी साट्न र राम्रो एक्सचेन्ज मूल्यमा नयाँ नामी घर लैजान पनि सक्नेछन्।
उद्घाटन समारोहमा डोङफेङ मोटर्सका कन्ट्री म्यानेजर फान झियुआन, एमएडब्ल्यू वृद्धि समूहका अध्यक्ष विष्णु कुमार अग्रवाल, एमएडब्ल्यू वृद्धिका एमडी विवेक सिकरिया र एमएडब्ल्यू वृद्धि मोटर्सका बिजनेस हेड प्रसन्न पन्त लगायत प्रमुख व्यक्तित्वहरू सँगै नामीका ग्राहकहरू र मिडिया क्षेत्रका व्यक्तित्वहरूको बाक्लो उपस्थिति थियो।


