
सर्वोत्तम सिमेन्ट लिमिटेडको छैटौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । शुक्रबार भैरहवास्थित होटेल सिद्धार्थ भिलासामा सम्पन्न साधारण सभाले बोनस सेयर र नगद लाभांश वितरण गर्ने प्रस्ताव स्वीकृत गरेको छ ।
कम्पनीले आफ्नो चुक्ता पुँजीको ७% का दरले हुन आउने बत्तिस करोड पचपन्न लाख बराबरको बोनस शेयर र चुक्ता पुँजीको ३% का दरले हुन आउने तेह्र करोड पन्चानब्बे लाख (लाभांश कर सहित) नगद लाभांश वितरण गर्ने प्रस्ताव स्वीकृत गरेको हो ।
यस्तै सभाले सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितको आ.व. २०८०/०८१ को वित्तीय विवरण, आर्थिक वर्ष २०८१/०८२ को लेखापरीक्षकको नियुक्तिको प्रस्ताव पनि पारित गरेको कम्पनीले जनाएको छ ।