२७ जेठ २०८३, बुधबार

धुलावारी माध्यमिक विद्यालयलाई कम्प्युटर सहयोग

पुस २९, २०८१
झापा
धुलावारी माध्यमिक विद्यालयलाई कम्प्युटर सहयोग

‘द गोर्खा मेमोरियल फन्ड बेलायत’ले मेचीनगर–१० स्थित धुलाबारी माध्यमिक विद्यालयलाई प्रविधिमैत्री कक्षा सञ्चालनका लागि ३१ थान कम्प्युटर सहयोग गरेको छ ।​

फन्डका अध्यक्ष धनकिरण गुरुङको पहलमा रु ३२ लाख मूल्यका कम्प्युटरसहित टेबल, कुर्सी र कार्पेट आज विद्यालयलाई हस्तान्तरण गरिएको हो ।

धुलावारी माध्यमिक विद्यालयमा तीन हजार पाँच सय ७३ विद्यार्थी अध्ययनरत छन् । तीमध्ये नौ सय जनाले कम्प्युटर विषयमा अध्ययन गरिरहेका प्रधानाध्यापक महेन्द्रविलाश लुइँटेलले बताए ।

फन्डका अध्यक्ष गुरुङले आफूले प्रारम्भिक शिक्षा हासिल गरेको विद्यालयलाई ४२ वर्षपछि सहयोग गर्न पाउँदा खुसी लागेको बताए । उनले बेलायतमा जस्तै नेपाली विद्यार्थीले प्रविधिमैत्री शिक्षा प्राप्त गर्न मद्दत पुगोस् भनेर सहयोग जुटाउने गरेको जानकारी दिए ।

फन्डले दुई वर्षअघि मेचीनगर–६ स्थित काँकडभिट्टा माध्यमिक विद्यालयलाई रु २८ लाख मूल्य बराबरको ३१ कम्प्युटरसहितको प्रविधि प्रयोगशाला प्रदान गरेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्