![काठमाडौंमा थारू समुदायको माघी [तस्वीरहरू]](https://lktcdn2.prixacdn.net/media/Tharu_Community_maghi_festival_7_mbJnv24b3j.jpg)
काठमाडौंमा बस्दै आएका थारू समुदायले मंगलबार माघी पर्व धुमधामका साथ मनाएका छन् ।
काठमाडौंको बसन्तपुर दरबार क्षेत्रबाट र्यालीसहित टुँडिखेलमा पुगी ‘माघी महोत्सव’को आयोजना गरी थारू समुदायले आफ्नो महान पर्व माघी धुमधामका साथ मनाएका हुन् ।
यसै, अवसर पारेर थारू समुदायले आफ्नो संस्कृति झल्कने खालको पहिरनमा सजिएर नाचगानसहितको प्रदर्शन पनि गरेका छन् ।
माघी महोत्सवमा काठमाडौंमा रहेका सबै आफन्तलाई बोलाएर मिष्ठान्न भोजनसहित शुभकामना समेत आदानप्रदान गरिएको छ ।










