२६ जेठ २०८३, मंगलबार

प्रचण्डको मोर्चाप्रति सूर्य थापाको कटाक्ष- राजतन्त्रवादी र सहकारी ठग्न पाउने एक ठाउँमा !

माघ ५, २०८१
काठमाडौं
प्रचण्डको मोर्चाप्रति सूर्य थापाको कटाक्ष- राजतन्त्रवादी र सहकारी ठग्न पाउने एक ठाउँमा !

नेकपा एमालेका सांसद सूर्य थापाले विपक्षी दलको मोर्चाबन्दीलाई राजतन्त्रवादी र सहकारी ठग्न पाउने एक ठाउँमा उभिएका टिप्पणी गरेका छन् ।

विपक्षी दलहरूको वक्तव्य सामाजिक सञ्जालमा शेयर गर्दै उनले राजतन्त्र पुनःस्थापना, प्रतिगमनको सेवा, सहकारी ठगीको सुनिश्चितता, भ्रष्टाचारको ढाकछोप र सत्ताको साझेदारीजस्ता साझा एजेन्डामा उनीहरू मिलेका कटाक्ष गरेका हुन्।

'२७५ सदस्यीय प्रतिनिधिसभामा ८१ सदस्यीय मोर्चाबन्दी,' उनले लेखेका छन्, 'राजतन्त्रको पुन:स्थापना, प्रतिगमनको सेवा, सहकारी ठगी गर्न पाउनैपर्ने, भ्रष्टाचारको ढाकछोप, सत्ताको स्वाद मिलेर सझिनुपर्ने आदि साझा एजेन्डा- बिना चिल्लाको च्वाईच्वाईं ।' 

शुक्रबार माओवादी केन्द्र, रास्वपा, राप्रपा, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा, आम जनता पार्टी र नेपाल समाजवादी पार्टीले संयुक्त विज्ञप्ति प्रकाशित सरकार निरङ्कुश र स्वेच्छाचारी बनेको भन्दै आपत्ति जनाएका थिए ।​

थ्रेसहोल्डका नाममा सरकारले दुई दलीय तानाशाही लाद्ने तयारी गरिएको विपक्षी दलहरूको दाबी थियो ।

 

salt training

कमेन्ट गर्नुहोस्