३१ जेठ २०८३, आइतबार

बलिउडका चार सेलिब्रेटीलाई एकैसाथ धम्की

माघ १०, २०८१
काठमाडौं
बलिउडका चार सेलिब्रेटीलाई एकैसाथ धम्की

बलिउड कलाकारलाई धम्की दिने क्रम बढ्दै गएको छ । फेरि चार जना सेलिब्रेटीलाई एकैसाथ धम्की आएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । 

जसमा कपिल शर्मा, राजपाल यादव, कोरियोग्राफर रेमो डिसुजा र सुगंधा मिश्रा रहेका छन् । उनीहरूलाई इमेलमार्फत् धम्की आएको समाचारमा उल्लेख छ । 

'हामी तपाईंको गतिविधि निगरानी गरिरहेका छौं। यो कुनै सार्वजनिक स्टन्ट वा हैरानी गर्ने प्रयास होइन। यो सन्देशलाई गम्भीरतापूर्वक लिन र गोपनीयता कायम राख्न अनुरोध गर्दछौं,' यमैलमा भनिएको छ, 'यदि यो गरिएन भने यो तपाईंको व्यावसायिक र व्यक्तिगत जीवनको लागि घातक हुन सक्छ। हामी आशा गर्छौं कि तपाईंले अर्को ८ घण्टा भित्र हामीलाई जवाफ दिनुहुनेछ। यदि हामीले जवाफ पाएनौं भने बुझ्नेछौं कि तपाईंले यसलाई गम्भीरतापूर्वक लिइरहनुभएको छैन र हामीले केही आवश्यक कारबाही गर्नुपर्नेछ।'

प्रहरीले उजुरी दर्ता गरेर मुद्दाको अनुसन्धान थालेको छ । 

इमेलमा अभियुक्तले आफ्नो नाम विष्णु लेखेका छन् । अभिनेता सैफ अली खानमाथि हालै आफ्नै घरमा आक्रमण भएको थियो।

प्रहरीले गरेको प्रारम्भिक अनुसन्धानमा पठाइएको इमेलको आईपी ठेगाना पाकिस्तानको भएको पाइएको छ । 

आज तक समाचारका अनुसार यो इमेल तीनै जना सेलिब्रेटीलाई फरक-फरक समयमा पठाइएको छ। 

गत वर्ष सलमान खान र पञ्जाबी गायक एपी ढिल्लनलाई पनि धम्कीपूर्ण इमेलहरू आएका थिए। 

salt training

कमेन्ट गर्नुहोस्