२८ असार २०८३, आइतबार

दोहोरो अंकले घट्यो नेप्से, करिब ९ अर्बको कारोबार

माघ १४, २०८१
काठमाडौं
दोहोरो अंकले घट्यो नेप्से, करिब ९ अर्बको कारोबार

नेपाल स्टक एक्सचेन्ज (नेप्से) दोहोरो अङ्कले घटेको छ ।

साताको दोस्रो कारोबारका दिन नेप्से परिसूचक १०.६६ अंकले घटेर २६३३.२७ को विन्दुमा बन्द भएको छ । यस दिन बजारमा १ करोड ७२ लाख ५३ हजार ५७६ कित्ता शेयरको खरिद बिक्री हुँदा ८ अर्ब ९२ करोड ४० लाख ६५ हजार रुपैयाँको कारोबार भएको छ ।

अघिल्लो कारोबारका दिन आइतबार मात्रै १०.४१ अंकले घटेको परिसूचक २६४३.९३ को विन्दुमा बन्द भएको थियो । 

दोहोरो अंकले शेयरबजारमा गिरावट आए पनि आज न्यादी हाइड्रोपावर लिमिटेडको शेयर मूल्य १० प्रतिशतले बढेको छ ।

त्यसैगरी कारोबारका आधारमा सिन्धु विकास बैंक २९ करोड ८३ लाख ७९ हजार रुपैयाँको कारोबारसहित शीर्ष स्थानमा रहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्