३० असार २०८३, मंगलबार

लगातारको गिरावटपछि दोहोरो अङ्कले बढ्यो नेप्से​, ९ अर्बको कारोबार

माघ १५, २०८१
काठमाडौं
लगातारको गिरावटपछि दोहोरो अङ्कले बढ्यो नेप्से​, ९ अर्बको कारोबार

लगातारको गिरावटपछि नेपाल स्टक एक्सचेन्ज(नेप्से) दोहोरो अङ्कले बढेको छ ।

साताको पहिलो कारोबारदेखि निरन्तर गिरावट आइरहेको शेयर बजार मङ्गलवार २४.५० अङ्कले बढेर २६५७.७७ को विन्दुमा बन्द भएको हो ।

साताको तेस्रो कारोबारका दिन १ करोड ९६ लाख ८० हजार १९५ कित्ता शेयरको खरिदबिक्री हुँदा ९ अर्ब ४० करोड २६ लाख ७८ हजार रुपैयाँको कारोबार भएको छ ।  

अघिल्लो दिन सोमबार मात्रै परिसूचक १०.६६ अङ्कले घटेर २६३३.२७ को विन्दुमा बन्द भएको थियो । 

आज उपकार लघुवित्त वित्तीय संस्था, सिकल्स हाइड्रोपावर, थ्री स्टार हाइड्रोपावर र जानकी फाइनान्स कम्पनीका लगानीकर्ताहरूले सर्वाधिक नाफा कमाएका छन् ।

यी कम्पनीहरूको  शेयर मूल्य सबैभन्दा बढी १० प्रतिशतले बढेको छ ।

salt training

कमेन्ट गर्नुहोस्