०४ साउन २०८३, सोमबार

प्रदीप खड्का अभिनित चलचित्र ‘एक्टर: टेक वान’को प्रदर्शन रोक्न अल्पकालीन आदेश

माघ १५, २०८१
काठमाडौं
प्रदीप खड्का अभिनित चलचित्र ‘एक्टर: टेक वान’को प्रदर्शन रोक्न अल्पकालीन आदेश

यही माघ १६ गतेलाई प्रदर्शन मिति तय गरिएको चलचित्र ‘एक्टर : टेक वान’को प्रदर्शन रोक्न काठमाडौं जिल्ला अदालतले अल्पकालीन आदेश दिएको छ । 

चलचित्रको प्रदर्शन रोक्न माग गर्दै दायर भएको रिटमा मंगलबार न्यायाधीश ढाकाराम पौडेलको एकल इजलासले यस्तो आदेश दिएको हो । अन्तरकालीन आदेश जारी हुने नहुने छलफलका लागि माघ २२ गते दुवै पक्षलाई उपस्थित हुने भनिएको छ ।

‘निवेदकको चलचित्र एक्टर प्रदर्शन भैरहेको र प्रतिवादी कम्पनीबाट निर्मित चलचित्र प्रदर्शनको संघारमा रहेको भन्ने देखिएकोले उक्त छलफलको अवधिसम्म सुविधा र सन्तुलनको हिसाबले ‘एक्टर : टेक वान’लाई सो अवधिसम्म प्रदर्शन नगर्नु नगराउनु भनी चलचित्र विकास बोर्ड समेत विपक्षीको नाममा अल्पकालीन आदेश जारी गरिदिएको छ । आदेशको जानकारी विपक्षीलाई दिनू’, आदेशमा भनिएको छ । 

प्रदीप खड्का, आना शर्मा र दिव्या रायमाझी प्रमुख भूमिकामा रहेको यो चलचित्र यसअघि कात्तिक १५ गते प्रदर्शन हुने भनिएको थियो । तर, ‘पूर्णबहादुरको सारङ्गी’ लाग्ने भएपछि यो चलचित्रको प्रदर्शन मिति अन्तिम समयमा रोकिएको थियो । 

यो फिल्मलाई राजन भुसाल निर्देशन गरेका हुन् । उनको यो डेब्यु निर्देशन हो । 

यही चलचित्रबाट राजबल्लभ कोइराला ‘कमब्याक’ गर्दैछन् । चलचित्र प्रदर्शनको मिति तय भएपछि उनी केही दिन पहिले अमेरिकाबाट नेपाल आइसकेका छन् । 

तर, नयाँ प्रदर्शन मिति तय गरेर व्यापक प्रचार प्रसारमा लागेको निर्माण टिमलाई भने अदालतको आदेशले धक्का लागेको छ ।

एक्टर नाममा चलचित्र पहिल्यै बनिसकेको, फिल्मको नाम हुबहु चोरी गरेर मौलिकजस्तो देखिने गरि कानूनी प्रावधान समेत छली नाम र कथावस्तु प्रयोग गरेर गैरकानूनी कार्य गरेको भन्दै नेपाल डायस्पोरा इन्टरटेनमेन्ट प्रालिले रिट दायर गरेको थियो । 

रिटमा चलचित्र विकास बोर्ड, निर्माता कम्पनी अदृत फिल्म्स र मोती फिल्म्सलाई विपक्षी बनाइएको छ । 

salt training

कमेन्ट गर्नुहोस्