३२ असार २०८३, बिहीबार

कविता- आमा ! सहिद नभन मलाई

माघ १७, २०८१
काठमाडौं
कविता- आमा ! सहिद नभन मलाई

सहिद, सहादत, रगत, बलिदान फगत रहेछ ।
मर्ने भन्दा त्यहाँ बाँच्नेलाई, सकस रहेछ ।

लहलहै र हो मा हो गरियो, आखिर झुट रहेछ ।
हामी मरेर त, कुपात्रलाई लुट्न सहज भएछ ।

आमा ! मलाई माला नलगाऊ, म सहिद होइन, मतियार बनेछु ।
मेरो नाममा त, गरिबलाई शासकले लुटेछ ।

सहिद त केवल शब्द बनेछ, लुटेराले जनतालाई लुट्न
उनीहरूको करमा दाइँ गर्दै, लोकतन्त्र हुँर्कान ।

आमा ! म मरेको, देश सकाउन हो र ? 
खै म सहिद बनेँ तर, देश संघारेले सकाए रे 
आफ्नालाई बनाएर, देश रित्याए रे ! 

ती ‘पातकी’को माला, चाहिन्न आमा 
भो म सहिद होइन, 
जिम्दै मरेतुल्य नेपालीहरू 
म देख्न चाहन्नँ ।


 

salt training

कमेन्ट गर्नुहोस्