
सहिद, सहादत, रगत, बलिदान फगत रहेछ ।
मर्ने भन्दा त्यहाँ बाँच्नेलाई, सकस रहेछ ।
लहलहै र हो मा हो गरियो, आखिर झुट रहेछ ।
हामी मरेर त, कुपात्रलाई लुट्न सहज भएछ ।
आमा ! मलाई माला नलगाऊ, म सहिद होइन, मतियार बनेछु ।
मेरो नाममा त, गरिबलाई शासकले लुटेछ ।
सहिद त केवल शब्द बनेछ, लुटेराले जनतालाई लुट्न
उनीहरूको करमा दाइँ गर्दै, लोकतन्त्र हुँर्कान ।
आमा ! म मरेको, देश सकाउन हो र ?
खै म सहिद बनेँ तर, देश संघारेले सकाए रे
आफ्नालाई बनाएर, देश रित्याए रे !
ती ‘पातकी’को माला, चाहिन्न आमा
भो म सहिद होइन,
जिम्दै मरेतुल्य नेपालीहरू
म देख्न चाहन्नँ ।